हातेमालोद्वारा दिल्लीमा दोस्रो इन्डोर खेल प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हातेमालोद्वारा दिल्लीमा दोस्रो इन्डोर खेल प्रतियोगिता सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली ११ 

भारत लक्ष्मीनगरमा  सिए अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक तथा मनोरन्जनात्मक कार्य गर्दै आएको हातेमालो नेपाली विद्यार्थीहरू समूहले  परीक्षा सकिएको अवसर मिलाई आईतवार   दोस्रो इन्डोर खेल प्रतियोगिता सम्पन्न  गरेको छ।

उक्त प्रतियोगितामा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। हातेमालोले इन्डोर खेल कार्यक्रममा चेस (Chess), डार्ट (Dart) तथा फिफा २०१५ (FIFA 2015) आयोजना गरेको थियो।खेलकुद प्रेमीहरुको निकै नै उत्साहजनक सहभागिताका बिच फिफा १५ र डार्ट थ्रो (dart throw) सम्पन्न भएको थियो भने धेरै प्रतियोगि सहभागिता हुँदा चेस खेलको अन्तिम चरण बाँकी रहेकाले, खेल डीसम्बर ३ तारिखमा  हुने जानाकारी गराएको छ।

खेलको उद्दघाटन  सी.ए नितिन कानवरअध्यक्ष NICASA of NIRC of ICAI   एवं सी.ए. राकेश मकर अध्यक्ष NIRC of ICAI बाट भएको थियो।फिफा २०१५ (FIFA 2015) खेलमा स्वस्तिक कर्मचार्य प्रथम तथा प्रयास गुरुङ दित्तीय  भएका थिए ।

यसै गरी डार्ट थ्रो (Dart Throw) मा प्रकाश रिजाल प्रथम तथा अजय अधिकारी दित्तीय भएका छन् ।बिजेतारुलाई टीका खादा एवम् धनराशीले सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा आफ्नो मन्तव्य राख्दै कार्यक्रम संयोजक मदन पाैडेलले सबै सहयोगी तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन  गरेका थिए  ।कार्यक्रम प्राईम सी.ए. एकेडमीको प्राङ्गणमा सम्पन्न भएको थियो ।