हातेमालो नेपाली विद्यार्थी समूहको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

हातेमालो नेपाली विद्यार्थी समूहको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न



नयाँ दिल्ली :भारतमा नेपाली विद्यार्थीहरूको हक हितमा काम गर्दै आएको  गैरराजनीतिक विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ।

हातेमालो नेपाली विद्यार्थी समूहद्वारा आयोजित फुटबल खेल अन्तर्गत गत आइतबार चाैथो HNSG 5A Side Football tournament सुरु गर्दै आज सेमिफाइनल र फाइनलका खेलहरू सम्पन्न  गरेको हो ।

खेलमा १७ टिमको सहभागिता रहेका थिए । खेल ललितापार्कको खेल मैदानमा  भएको हो ।

सेमिफाइनल खेल HNSG vs Youth Nepal A र CA AINFSU Star-XI vs Real United B बिच भएको थियो।

फाइनल खेलमा  CA AINFSU Star-XI  vs Youth Nepal A बिचको खेल निकै रोमाञ्चक थियो,पुरा समयसम्म खेल बराबर भई अतिरिक्त समयमा CA AINFSU Star-XI बाट १ गोलको अग्रता लिँदै खेलमा विजयी भएको छ।

खेल विजेता CA AINFSU Star-XI लाई भारु ७०००, ट्रोफि मेडल र खादाले सम्मान गरिने  छ भने उपबिजेता Youth Nepal A लाई भारु ४०००, ट्रोफि र मेडल र खादाले सम्मान प्रदान गरिने आयोजकले बताए   ।

खेल सफलताका साथ सम्पन्न गराउनका लागि सहयोग गर्ने सबैलाई खेलकुद कार्यक्रमका संयोजकहरू मदन पाैडेल, रोचक अधिकारी, रजत महर्जन र सम्राट् विष्टले  धन्यवाद व्यक्त गरेका थिए ।