हराएकी जिरो फिगरवाली ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हराएकी जिरो फिगरवाली !



-दीपक घिमिरे

“लास्टै हराईस त केटा , मलाई भुलेको हो ? ”

उसले अफलाईन म्यासेज गरेकी रै छे , म आफैमा खिस्स हाँस्दै खुसी भए ।धेरै दिन पछि उसको म्यासेजले मलाई खुसी नदिने कुरै भएन । खुसी हुँदै रिप्लाई दिए ” तिमीले पराई ठानेपछि पराई हुन के भयो र ? ”

अन्जु पन्तको गीतका दुई हरफ नै म्यासेजमा पठाईदिएपछी म्यासेज तुरुन्तै सिन भयो । म छक्क पर्दै सोधे “ओए त अनलाइन हो ? ”

उ म्यासेन्जर अफ गरेर फेसबुक चलाउँदै रै छे ,तुरुन्तै म्यासेज लेख्दै भनी “तिमीलाई कुरेको नि बेबि ! ”

उ हल्का हाँसो मजाक वाली पनि छे , उसले बोल्दा कहिले बेबि त कहिले केटा अनि कहिले डियर लगाएरै बोल्छे । मलाई उसको यही बानी निक्कै मन पर्छ ।

उसले बेबि भनेपछि भित्तामा झुण्डेको एनामा टक्क हेरे । निधारमा हल्का चाउरीपना आउँदै थियो , हातले तन्कायरै भएनी हेन्सम हुने कोसिस गरे ।

” जिरो फिगरवाली अब झुट पनि बोल्न थाली है ? अझ मलाई कुरेको रे ! ” मैले माया सँगै रिस देखाइदिए ।

उसले रातो पानपाते उचालेर किस गरेको इमो पठाई , म दुई मिनेट मायामा फिटान भए ।

उसले किसको इमो पठाएपछि म जहिले नर्भस हुन्छु , कल्पनामा हराउँछु । उसको त्यो जिरो फिगरको कम्मरमा पकडेर ओठमा ओठ जोडेर किस गरेको सपना दुई मिनेट सम्म देख्छु अनि इमोसनल भैदिन्छु ।

जिरो फिगर उसको सपना हो । एक पटक जिस्केर भने  “ओए मोटी ! अब तिमीलाई ढेम्सी भन्छु ल ! ”

उसले च्यालेन्ज गर्दै भनेकी थिई ” हेर्दै जाऊ न सुकुटे ! हेर्दा हेर्दै जिरो फिगरवाली भैदिन्छु । ”

त्यसपछि उसले फेसबुकमा हालेका फोटा जम्मै कम्मर छिनेका भेटिन थाले । हाम्रो माया झन् गाढा बन्दै गयो ।

त्यही दिनदेखि हो मैले उसलाई जिरो फिगरवाली भनेर बोलाउन थालेको । उ पनि मख्ख पर्छे , मलाई झन् माया गर्छे ।

म कल्पनामा हराउँदै गर्दा उ च्याटबाट हराई । घडी हेरे , रातको दस बज्दै थियो । उ अफ छे या कुरेरै बसेकी छे भन्ने पत्ता लगाउन म्यासेजमा सोधे  “ओए ! कता मुन्टेकी ? ”

रिप्लाई आएन , फेरि पाँच मिनेट पछि लेखे  “निष्ठुरी ! आई हेट यु , बाई पनि नभनी गैस है ! ”

यो म्यासेज चैँ सिन भयो , उतिखेरै टाईपिङ हुँदै गरेको सिग्नल पनि देखायो ।

“अनुहारमा फेस प्याक लगाउँदै छु यार ! एक छिन रुक कान्छु ।” उसले पठाएको म्यासेज आयो ।

म खुसी भए , उसले कान्छू भनेसी फेरि आफूलाई गाउँ घरकै कान्छा सम्झिए । ” कान्छा मेरो नाम , आउँदै जाँदै गर्नु है ! ” भन्ने गीत सम्झिए । चाउरी पर्न आटेका गाला तनक्क तन्किए । आफूलाई फेरी सोर बर्से ठिटै सोचे ।

“अँ भन त डियर ! ” उसले फेस प्याक लगाईसकेपछी म्यासेज गरी ।

” कति नक्कल पार्छ्यौ यार ! म पट्टेकै छु त । ” हल्का जिस्काईदिए ।

उ पनि के कम थिई र जिस्काउन । ” तिमी सँग हिडदा तिमीलाई लाज नहोस् भनेर नि । ”

मैले हाँसेको इमो पठाइदिए । उसले आफ्नो उज्यालो फोटो पठाई । मैले फोटोमा किस गरिसकेपछी सोधे ” तिमीलाई फिल भो ? ”

उसले जिस्कदै भनी  “तिमीले चुरोट पिएको हो ? कस्तो गन्ध आएको यार चुरोटको , अब चुरोट पिएको बेला मलाई किस नगर ल ।”

उ आधा घण्टा गफिएपछी अनुहार धुन जाने अनुमति मागी । घडी हेरे , रातको साढे एघार भैसकेको थियो ।मैले आजको लागी बिदा माग्दै भने  “अब सुतौँ है काली । ”

उसले ओके बाई लेख्दै अफ भई , म पनि फेसबुक लग आउट गरेर बिस्तरामा पल्टिए ।

(लेखक घिमिरे)

निद्रा लाग्ने कुरै भएन । कहिले उ आउँथी जिस्काउन । कहिले उ सँग बितेका रात आउँथे हट बनाउन । कोल्टे फेर्दा फेर्दै एक बज्न थाल्यो तर न निद्रा आउँथ्यो न त उसका यादले छाडेर जान्थे ।

रातीको साढे एक बजे उसलाई कल गरे , तीन पटक सम्म पुरै रिङ बज्दा पनि उसले फोन उठाइन । बाध्य भएर फेरी सुते , उस्तै । कोल्टे फेर्दा फेर्दै बिहान भयो अनि कातिबेला निदाए थाहै भएन ।

नौ बजे बिउँझिए । सिरानमा भएको मोबाइल निकाले । हेरेको उसका एक दर्जन कल ,चार वटा एसएमएस । लौ बर्बाद ! अब छुच्ची केटी फेरी रिसाउँछे । डराउदै कल गरे । उसले झर्किदै भनी “स्टुपिड ! राती कल गर्ने अनि फेरि कल रिसिभ नगर्ने । ”

म निद्रामै भए जस्तो गर्दै भने ” राती निद्रा लागेन , तेरो जिरो फिगरको यादले सतायो अनि हट हट गफ गरेर कुल बनौँ भनी कल गरेको थिए । तैँले नो रेस्पोन्स अनि साईलेन्स मोडमा राखेर सुतेछु , सरी डियर । ”

“पागल ! अझ हट गफ रे । अनि म हट भए कसले बनाउँछ नि कुल ? म गफ ले कुल हुँदैन क्यारे प्यारे । ” उसले लाडे पल्टिदै समस्या सुनाई । म उसको कुरामा झन् हट भैदिए ।

“ओके , म ट्वाईलेट जान्छु । पछि कुरा गरौला । ” मैले फोन राख्न खोजे ।

उसले झन् जिस्काउदै भनी ” ओ नो ! कति हट छौ यार । यति बिहानै ट्वाईलेटमा गएर कुल हुने ? बरु साँझ भेटौला नि हुँदैन ? ”

म हाँसे , उसलाई झपार्दै भने “” पागल केटी ! ट्वाईलेट हग्न जान्छु भनेको , दिसाले पेलेको छ । ”

उसले हाँस्दै भनी ” ओ ! त्यस्तो पो , म त अर्कै सोच्या । ”

उ खित्का छाडेर हाँस्दै थिई । म ट्वाईलेट गए ।

आज शनिवार ! हामी प्राय शनिवार भेट्छौ ।कहिले उसको रुममा , कहिले मेरै रुममा । दिउँसो सिटी सेन्टर , सिविल मल जाने । कफी , बर्गर अनि कहिलेकाहीँ उसको रोजाइको चटपटे वा पानी पुरी खाने । सपिङ गर्ने त छदैछ । आज पनि हामी सिविल मलमा भेट्ने निधो गर्‍यौ ।

उसको फेवरेट हिरो सलमान खानको टाईगर जिन्दा हे फिल्म लागेको आजै रहेछ । काउन्टरमा गएर दुईवटा टिकेट मैले किने । उसले माथि पुगेर पपकर्न र कोक किनि ।अनि तीन घण्टा फिल्म हेरियो ।

उसले फिल्म हेरी , मैले उसलाई मात्र हेरे अनि छेउछाउमा बसेकाहरुले हाम्लाई हेरे । किनकि हाम्रो चर्तिकला खास्सै ठिक थिएन । उसको हात कहिले कहाँ त कहिले कहाँ । मेरा हात कहाँ हुन्थे त्यो अहिले नभनुम , लाज हुन्छ ।

फिल्म सकिएपछि सिविल मलकै नाईकको आउटलेट बाट मलाई जुत्ता किन्दिई । प्राय उ मलाई सपिङ गर्दिरहन्छे । म उसलाई धेरै खर्च नगर्न सल्लाह दिँदा उ भन्छे ” सुदुरपस्चिमको नामुद ब्याबसायिको एकलौटी छोरी हु , मेरो ब्वाईफ्रेनले चाहेको लाउन पाउनु पर्छ । तर धनको घमण्डी नभन है कान्छू , जस्ट फर यु बेबि । ”
फेरी उसले बेबि भनेर मलाई गलाई । मैले पनि छाती फुल्याउदै भने ” म पनि जिम्दारकै सन्तान हु , ससुराको सम्पत्तिमा रमाउन बाउ बाजेले सिकायनन प्यारी ।सो अप्ठ्यारो लागेको मात्र ।”

उसले हाँस्दै ग्वाम्म अँगालोमा बेरी अनि गालामा च्वाप्प म्वाई खाईदिई । मैले उसको थुक पुछ्दै थिए , अरू धेरैले हाम्लाई हेरे । उ कहिले लजाउदैने , म चैँ लजाए ।

“आज मेरो कोठामा बसेर वाइन पिउने अनि मस्ती गर्ने ल ! ” उसले सिविल मलबाट बाहिरिदै गर्दा योजना सुनाई ।

मैले उसको योजनालाई काट्दै भने ” मेरा घरबेटी छैनन् , आज मेरैमा जाऊ ल अनि वाइन नखाने यार । बियर पिउने । ”

उसले स्वीकारोक्ति जनाउँदै मुन्टो हल्लाई , म पार्किङमा गएर बाइक निकाले ।

माथिल्लो फ्ल्याटमा बस्ने घरबेटी गाउँ को घर सिन्धुपाल्चोक जाँदा जहिले मेरो फ्ल्याटमा उसको अनि मेरो मस्ती सुरु हुन्छ । उ झ्याप भएसी मलाई बलात्कारै गर्न मन पराउँछे । उ नशामा झ्याप भएपछि गर्ने आग्रह आजपनी उसले गरी । “दीपक तिमीले नाई नाई भन्नू , म तिमीलाई सेक्सुवल ह्यारिसमेन्ट गर्छु ल ।मलाई मज्जा आउँछ के यार , प्लिज ओके भन्देउ न । ”

मैले ओके नभन्दा सम्म उ मेरो दुवै गाला समाउँदै निधार माथि आफ्नो ओठ जोडेर भन्छे ” प्लिज ! ओके भन्देउ न । ”

मैले ओके भनेपछि उ मलाई बलात्कार गर्न सुरु गर्छे , बाकी म पनि बेहोसी मा हुन्छु । केही थाहा पाउँदैन ।

चलिरहे , यस्ता रंगिन रात कैयौँ महिना सम्म चलिरहे । कहिले उसको रुममा चले त कहिले मेरो रुममा ।

एक दिन एक्कासि उसको मोबाइल स्विच अफ भैदियो , फेसबुक डिएक्टिभ ।

म तडपिन सुरु गरे , उसको रुममा गए । घरबेटीले रातारात डेरा सारेको कथा सुनाइन । उसको गाउँ को साथी लाई पनि सोधे , उ घर गएको बेला पत्ता लगाउने आश्वासन दिएर पन्छिईन । म पागल जस्तै तडपिन सुरु गरे ।

उ सँगको कथा अझै सकियको छैन । मेरो लास्ट सेमेस्टरको इक्जाम सकिनासाथ धनगढी पुग्छु अनि खोज्छु उसलाई अनि भेटाएपछिको कथा सुरु गर्नेछु अर्को अध्यायमा । अहिलेको लागि कामना गर्नुस् उ भेटियोस । जिरो फिगरवाली भेटियोस ।