हामीले काँग्रेसलाई साथ दिने छौं:चित्रबहादुर केसी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

हामीले काँग्रेसलाई साथ दिने छौं:चित्रबहादुर केसी



बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता देशका लागी भालुको कञ्चड भएको बताएका छन् । उनले मुलुकले संघिय प्रणाली थेग्न नसक्ने भन्दै ठुला राजनिति दलहरुलाई पनि संघियता घाँडो भै सकेको बताएका हुन । प्रगतिशिल प्रत्रकार संघ नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले संघियता व्यवस्थापन गर्न सरकारलाई ठुलो समस्या भएका कारण यो लामो समय सम्म थेग्न नसक्ने बताएका छन् ।

मुलुकमा संघियताको भेट्नो पाकी सकेको छ, केसीले भने, अब छिटैनै खस्ने अवस्थामा पुगेको छ । हामीले केन्द्रिकृत शासन हटाउनुपर्छ भनेका थियो तर देशलाई नै टुक्रा टुक्रा बनाएर प्रदेशको व्यवस्था ल्याउने भनेका हैनौं, यसले देशमा ठुलो दुर्घटना निम्ताउने छ । उनले संघियताले मुलुकको अर्थतन्त्र झनै खस्कने बताएका छन् ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारले समाजबादी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे । ईतिहासकै बहुमतको सरकार छ तर कुनै लोकप्रिय कार्यक्रम ल्याउन सकेन केसीले भने, जुन कुरा गर्न सकिन्न त्यसको जाल किन बुन्ने चुनावी नारा ठुला बनाएर अब जनताले विश्वासन गर्ने छैनन । सरकारमा रहेका दलका जिम्मेवार व्यक्ति प्रदेशको मुख्यमन्त्री छन् उनिहरुले नै सरकारको कार्यक्रम प्रति विरोध रहेकोमा आफुहरुलाई अचम्म लागेको केसीले बताए ।

अध्यक्ष केसीले सरकारले उठाएको प्रत्यक्ष राष्ट्रपती र प्रधानमन्त्री प्रणालीको पक्षमा आफुहरु नरहेको प्रष्ट पारे । राष्ट्रपतिय प्रणाली ल्याए देशमा अधिनायकबाद निम्तिने हुँदा हामी यो विषयमा काँग्रेसलाई साथ दिने छौं ।

चुनावको बेला र सरकार निर्माणको बेला साथ दिए पनि आफुहरु अहिले सरकारमा नजाने बताए । हामी गहतको झोलमा जात फाल्न सरकारमा जाँदैनौ केसीले भने उपेन्द जि पनि कम्युनिष्ट हुन सरकारमा आउनुभएको हैन उहाँहरु आफ्नै फाईदाका लागी हो ।

केसीले मुलुकलाई अन्तरविरोध गराउने युएनडिपि जस्ता एनजिओ आईएनजिओले संसदमा हस्तक्षेप बढाएको आरोप लगाए । उनले ७० करोड खर्च गरेर सांसदका लागी प्रशिक्षण गरेको कुनै तुक नरहेको बताए ।