‘हैरान’को टोली प्रमोशन गर्दै प्रतिभा खोज्दै  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘हैरान’को टोली प्रमोशन गर्दै प्रतिभा खोज्दै 



झविन्द्र देवकोटा / बुटवल 

विश्वकै सानो उमेरका निर्देशक सौगात विष्टद्वारा निर्देशित नेपाली चलचित्र ‘हैरान’ को टिम प्रमोशनका लागि देश दौडाहामा हिडेको छ । प्रमोशनकै लागि हैरानको टोली बुधबार बुटवलमा आएको हो । टोलीले बुटवलमा पत्रकार सम्मेलन गरि चलचित्रमा सबै विषयबस्तु समावेश भएको जानकारी गराएको थियो । सबै क्षेत्रमा लागेका ब्यक्तिहरुलाई काम तथा पारिवारीक र सामाजिक हैरानी ब्यहोर्नु परेका समस्यालाई चलचित्रमा समावेश गरिएको निर्देशक सौगात विष्टले जानकारी गराउनुभयो । लव यु बाबा निर्र्देशन गरि गिनीज बुक अफ वोल्डमा नाम लेखाउन सफल विष्टको निर्देशनमा बनेको हैरान दोस्रो चलचित्र हो ।

झण्डै सवा करोडको लागतमा बनेको चलचित्रमा सरोज खनाल, गजित विष्ट, सत्यराज आचार्य , मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल , बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । डान्स फेभरको ब्यानरमा बनेको चलचित्रको मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामाले निर्माण गरेका हुन् । जेठको ४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले समाजका सबै विषयबस्तुलाई कथामा उठाएको बताइन्छ ।

देश दौडाहामा हिडेको टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग चलचित्रको बारेमा कुराकानी समेत गरेको छ  । बुधबार बुटवलमा अडिशन गरिएको छ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

देश दौडाहामा हिडेको टोलीले नृत्य, अभिनय र गायन प्रतिभाको अडिशन लिने छ । तीनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने कलाकार गजित विष्टले जानकारी दिनुभयो ।