कलाकार बराकोटीको दु:खमा गायक बद्री पंगेनीको मल्हम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कलाकार बराकोटीको दु:खमा गायक बद्री पंगेनीको मल्हम



हिमाल पोष्ट/धादिड•,पुस ९ 

लोकप्रिय गायक बद्री पंगेनी आफैमा धनले सम्पन्न कलाकार होईनन । उनको डेरा जिन्दगी अहिले सम्म आफ्नै घरमा सर्न सकेको छैन तर गायन लाई पेसाको रूपमा अंगालेका वद्री आफैमा प्रगतिशील गायकको समेत चिनिन्छन र भरपुर कलाकारीता का धनी गायक अब्बल स्वर र कमलो मनका भने पक्कै धनी रहेछन् । समाज सेवामा समेत बेग्लै पहिचान बनाएका गायक पंगेनी मानवीय दुखमा छिट्टै पग्लने गर्छन् । देश विदेशमा पुगेर रमाइला गीत गाएर दर्शक नचाउन मात्र होइन मर्मस्पर्शी गीत गाएर श्रोता रुवाउने गायकको रूपमा पनि उनको परिचय स्थापित भएको छ । त्यस्तै सामाजिक काममा समेत सदैव अग्रस्थानमा देखीन्छन उनी । चाहे अफ्ट्यारोमा परेका कलाकारको उद्धार मा होस या विमारी भएका कलाकारको उपचारमा होस अथवा मुद्दा मामिला या झगडामा फसेका कलाकारको मिलापत्र गराउनको लागी होस उनी रात विरात दौडधुप गरिरहेका हुन्छन् ।

बद्री पंगेनी शनिवार एउटा सांस्कृतिक कार्यक्रमका लागी धादिङमा जारी महोत्सवमा पुग्दा करिब ५ महिना अघि मोटरसाइकल दुर्घटना परेर खुट्टा गुमाएका कलाकार भरत बराकोटी पनि बैसाखीको सहारामा कार्यक्रममा उपस्थित थिए । (बराकोटी बाग्मती अञ्चल लोक दोहोरी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत हुन) दुइटा वैशाखीको भरमा महोत्स स्थलमा पुगेका बराकोटीको अवस्था ले पंगेनी लाई भाबुक बनायो । कलाकार बराकोटीको अवस्था देखीसकेपछी गायक पंगेनीले महोत्सबवाट आफूले पाएको पारिश्रमिकवाट रु. १० हजार छुट्याएर तत्काल बराकोटीलाई सहयोगको घोषणा गरे । तत पश्चात् कलाकार कल्याणकारी कोष साथै अन्य श्रोत बाट समेत प्रतिष्ठानको अगुवाईमा कलाकार बराईलीको कृतीम खुट्टा प्रत्यारोपणको लागी अरू सहयोग जुटाउन आफू लागी पर्ने कुरा पनि गायक ले सो समयमा बताए । कलाकार बराकोटी पनि सो समयमा निकै भावुक बनेका थिए ।

पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष हुन् । सम्मानित संस्थाको अध्यक्षमा अत्याधिक मतका साथ विजयी भएका पंगेनीले सपथको समय देखी नै लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्रमा देखिएको विकृतिको समुल अन्त्य गर्दै लोक गीत सङ्गीत र दोहोरी परम्पराको रक्षाको लागी समेत सक्रिय देखिएका छन् ।