एडीलेडमा ईन्द्र जात्रा बिशेष कार्यक्रम हुदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एडीलेडमा ईन्द्र जात्रा बिशेष कार्यक्रम हुदै



साउथ अस्ट्रेलिया ।

प्राचिन सभ्यता बोकेको काठमाडौँ शहरमा एउटा ठुलो पर्वको रुपमा मनाईने ईन्द्र जात्रा अब साउथ अस्ट्रेलियाको एडीलेडमा पनि बिशेष कार्यक्रम गरेर आयोजना गरिदैछ। गुठि साउथ अस्ट्रेलियाको आयोजनामा यहि सेप्टेम्बर ३ तारिकको दिन दिउसो  १२:३० देखि बजे देखि बेलुका ५ बजे सम्म कार्यक्रम आयोजना गर्न लागिएको गुठिका उपाध्यक्ष मनोज श्रेष्ठले बताए। ”

नेपालमा अनोमल प्राचिन सम्पतिको रुपमा सांस्कृतिक , सम्पदाहरु छन् त्यसलाई अब विश्वलाई हामीले चिनाउदै लैजानु पर्छ ” -श्रेष्ठले भने ‘ नेपाल आफैमा बहुसांस्कृतिक देश हो , विश्वका अहिले धेरै बिकसित राष्ट्रहरु अस्तित्वमा नै नभएको बेला काठमाडौँमा समाजसंगै संस्कृतिक सभ्यतामा पनि अगाडी थियो तर आज हामी ति हाम्रा सम्पतिहरुको प्रचार प्रसार गर्न सकेका छैनौ , हाम्रो संस्कृति रितिरिवाजलाई साउथ अस्ट्रेलियाबासिहरु बिच चिनाउने एउटा प्रयास गर्दैछौ ईन्द्र जात्रा कार्यक्रमको माध्यम बाट। ‘ यस प्रकारका कार्यक्रमहरुले नेपाल भित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताले समेत आफ्नो सांस्कृतिको बारेमा सिक्ने मौका पाउने उनी बताछन्। कार्यक्रममा कुमारी, लाखे , धिमे बाजा , समयबजी बाजी , नेवारी नृत्यहरु सहित विभन्न कार्यक्रमहरु समाबेश गरिएको गुठिले बताएको छ।

पुरानो चाड इन्द्रजात्रा

प्रा. वीणा पौड्यालका अनुसार  सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । भदौ महिनाको शुक्लपक्षको द्वादशीमा प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाइन्छ । औपचारिक रूपमा द्वादशी अर्थात् बामन द्वादशीको दिनमा रथयात्रा गरेर यस जात्रालाई ठूलो जनसमूह, राष्ट्रप्रमुख र विदेशी कूटनीतिज्ञहरूको उपस्थितिमा भब्य रूपमा परिचालन गरिन्छ । इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।उपत्यकामा प्रचलित किंवदन्तीअनुसार इन्द्रले आमाको लागि पारिजात फूल र कर्कलो एउटा कृषकको बारीबाट अनुमति नलिएरै टिपे । नसोधेर फूल टिपेको आरोपमा कृषकले इन्द्रलाई समातेर, बाँधेर सहर परिक्रमा गराएर दण्ड दिए । हरेक वर्ष त्यही घटनाको स्मरणमा काठमाडांै उपत्यकामा इन्द्रजात्राको दिन इन्द्रको हात बाँधेको मूर्ति प्रदर्शन गरिन्छ ।

काठ्माण्डाै, भक्तपुर, ललितपुर, धूलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाअाजा गर्ने गरिएको छ । काठ्माण्डौमा दशौं शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौं शताब्दीको मध्यमा शुरूवात भएको मान्यता रहिअाएको छ । यस दिन काठमाडौका बुद्धमार्गी नेवार समूदाय र हिन्दू मान्यताका नेवार समूदायहरुको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौको बसन्तपुर दरवार स्क्वायरमा देख्न सकिन्छ ।