गुरुङ समुदायको महान् पर्व खि ल्होसार दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गुरुङ समुदायको महान् पर्व खि ल्होसार दिल्लीमा सम्पन्न



भारतको राजधानी नयाँ दिल्लीमा गुरुङ समुदायको महान् पर्व खि ल्होसार धूमधामका साथ मनाइएको छ । गुरुङ सेवा समितिको आयोजनामा आइतबार पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरी खि ल्होसार विविध कार्यक्रम गरी मनाइएको हो ।

यद्धपी गुरुङ समुदायले गत सातानै ल्होसार मनाए पनि दिल्लीमा आफूहरूले आइतबार मात्र विविध कार्यक्रम गरी मनाएको समितिका अध्यक्ष दलबहादुर गुरुङले बताउनु भयो। गुरुङ सेवा समितिका महासचिव खुमबहादुर गुरुङद्वारा सञ्चालित कार्यक्रममा कञ्चन गुरुङको  प्रमुख आतिथ्यता रहेको थियो भने  भारतका लागि नेपाली दूतावासका काउन्सलर पुरुषोत्तम कडेल मुख्य अतिथि र नेपाल हिन्दुराष्ट्र पुन : स्थापना मञ्चका संस्थापक अध्यक्ष इन्जिनियर विष्णुप्रसाद बराल विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए  ।

समारोहमा बोल्दै अतिथीहरुले ल्होसारको शुभकामना व्यक्त गरेका थिए । इञ्जिनियर विष्णु बरालले नेपाली जनताको चाहना बमोजिम नेपाल हिन्दुराष्ट्रनै हुनुपर्ने भन्दै कला सस्कृति जगेर्ना गर्ने उक्त समुदायको खुलेर प्रसंसा गरेका थिए  । समितिका तर्फबाट मन्तव्य राख्दै उपाध्यक्ष गोपीराज गुरुङले गुरुङ समुदायको इतिहासका बारेमा संक्षिप्त जानकारी दिँदै संस्कृतिलाई बचाउनुपर्नेमा जोड दिए  ।

समारोहमा गुरुङ समुदायको झल्को देखिने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । समारोहमा नेपाली दूतावासका काउन्सलर प्रकाशराज पाण्डे, नेपाल पत्रकार महासङ्घका सह-सचिव अर्जुन खनाल, प्रभु मीन ट्रान्सफरका सुनिल मिश्र, एभरेष्ट बैङ्कका भरत कार्की,नेपाल वान टेलिभिजनका ईन्द्र कमल जैरु , पशुपति सम्पर्क मञ्चका रमेश लम्साल, स्याङ्जाली समाजका  तुलसी ढकाल लगायत अतिथिका रूपमा उपस्थित रहेका थिए । समारोहमा ठुलो सङ्ख्यामा गुरुङ समुदायको उपस्थिति रहेको थियो ।