गुल्मीमा झडप, १७औँ दिन पनि बन्द - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुल्मीमा झडप, १७औँ दिन पनि बन्द



काठमाडौं, १ पुस

शुक्रबार १७ औं दिन पनि गुल्मी बन्द हुँदा जनजीबन कष्टकर बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउन खोज्दा शुक्रबार बिहान प्रहरीसँग झडपसमेत भएको छ ।

आन्दोलन र झडपले अप्रिय घटना हुन सक्ने भन्दै सर्बसाधारण आतंकित छन्। सर्बसाधारणले बन्दको विकल्प खोज्न आग्रह समेत गरेका छन् । लामो समयको बन्द र हड्तालले जीबनयापनमा समस्या भएको भन्दै सर्बसाधारणले बन्दको विकल्प खोज्न आग्रह गरेका हुन् ।

संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले भने संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म बन्द र आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान लिएको छ ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा गुल्मीमा बजार, यातायात, शिक्षण संस्था, कलकारखाना, सरकारी कार्यालयसमेत बन्द छन् ।