२०७५ असार ११, सोमवार

छोटो अवधिमै रु ४४ लाखको कारोबार

January 12, 2018
119 Views
Spread the love

गुल्मी (रासस) । गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ ।

मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताउनु भएको छ ।

विसं २०७० मा ३० कृषक मिलेर शुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना शेयर सदस्य रहेका छन ्। । संस्थाले विविध कृषि र पशुजन्य कामका लागि सदस्यलाई एक लाखसम्म ऋण प्रदान गर्दै आएको छ भने साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने दुईजना उत्कृष्ट अगुवा कृषकलाई प्रोत्साहनस्वरुप सम्मानसमेत गरेको थियो ।

साथै, कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीनजना शेयर सदस्यका छोराछोरीलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे । चौथो साधारण सभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारीमार्फत सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नयाँ कार्यक्रम कृषि सहकारीमार्फत अगाडि बढाउने संस्थाका संस्थापक बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments

You may be interested

खुलेआम मिनी क्यासिनो राजधानीमा
समाचार
0 shares5 views
समाचार
0 shares5 views

खुलेआम मिनी क्यासिनो राजधानीमा

Himalpost 1 - २०७५, ११ असार १५:२१

काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले…

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ
खेलकुद
0 shares3 views
खेलकुद
0 shares3 views

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

himal post - २०७५, ११ असार १५:२१

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका…

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !
खेलकुद
0 shares3 views
खेलकुद
0 shares3 views

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

himal post - २०७५, ११ असार १५:११

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन्…