गुल्मीको एक हाटबजार ४ बर्ष बितिसक्दा पनि संचालनमा आएन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गुल्मीको एक हाटबजार ४ बर्ष बितिसक्दा पनि संचालनमा आएन



गुल्मी, २८ असोज । कृर्षकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्उे उद्देश्यले सदरमुकाम तम्घास नजिकै चारिखोलामा निमार्ण गरिएको हाटबजार निर्माण भएको चार बर्ष बितसिक्दा समेत संचालनमा आउन सकेको छैन् ।

हाटबजार संचालनका लागि जिल्ला कृर्षि बिकास कार्यलयको चौध लाख, साबिकको जिल्ला बिकास समितिको आठ लाख, जिल्ला पशुसेवा कार्यलय गुल्मीको दश लाख, र रेसुडगा नगरपालिकाको पाँच लाख रुपैया गरि कुल सैतीस लाख लगानीमा निर्माण भएको हाटबजार संचालनमा आउन नसक्दा हाटबजार वरपर अहिले मानिसहरु जम्मा भएर गफ मार्ने थलो बनेको छ ।

जे उद्देश्यका साथ निर्मााण भएको हो सो नहुदा कतै सैतीसलाख लगानी खेर जाने त होईन भन्नेमा यहाका स्थानीयहरुले चिन्ता ब्याक्त गर्न लागेका छन् ।निर्माण समितका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार कृर्षकहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण होस भन्ने उद्देश्य र बिचौलीयाले नाफा कमाउने गरेको सो हुँदा किसानहरु मर्कामा नपरुन भन्ने हेतुले निर्माण गरिएको भए पनि हाल यसलाई कसले र कसरी संचालनमा ल्याउने भन्ने बिषयमा कुरा नमिलेकाले संचालनमा आउन नसकेको श्रैष्ठले बताए ।

यता रेसुडगा नगरपालिकका प्रमुख डिल्लीराज भूसालले भने पालिकाले हाटबजार संचालनका लागि केही बजेटको ब्यबस्था गरेकाले अबको केही महिना भित्रैमा नै संचालनमा ल्याएरै छाड्ने दाबी गरे । उता जिल्ला समन्वय समिति गुल्मीका स्थननीय बिकास अधिकारी कल्पना श्रेष्ठले भने अब दुई चार दिन भित्रैमा बैठक बसी कसले र कसरी चलाउने भन्ने बिषयमा निर्णय गरिने जानकारी दिईन।