दृष्ट्रिविहीनको घरमा आगलागी हुँदा ५ लाखको क्षति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दृष्ट्रिविहीनको घरमा आगलागी हुँदा ५ लाखको क्षति



गुल्मी । गुल्मीको मालिका गाउँपालिका २ को एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।

मालिका गाउँपालिका–२, का चन्द्रबहादुर श्रीसको दुई तले घरमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको हो ।

विद्युत सर्ट भएर लागेको आगोले घरमा रहेका अन्नपात, खाद्यान्न तथा गरगहना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

श्रीस आफैमा दृष्टिविहीन हुनुहुन्छ । उहाँकी श्रीमती मनिषा श्रीसको पनि एक हात छैन ।