नमुना गाउँ नबनाए भोट माग्न आउँदिन : भण्डारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नमुना गाउँ नबनाए भोट माग्न आउँदिन : भण्डारी



गुल्मी : गुल्मी जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर ८ भार्षेमा नेपाली कांग्रेसले निर्वाचन बिशेष कोणसभा सम्पन्न गरेको छ ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार चन्द्र भण्डारीले भार्षे क्षेत्रलाई नमुना गाउँको रुपमा बिकास गर्न नसके आफु अर्को पटक भोट माग्न नआउने बताए ।

कार्यक्रममा बोल्दै जनताले काम गर्नेलाई चुन्नु अत्यावश्यक रहेको बताउँदै केही समस्याहरु भएमा आफुलाई बताउन आग्रह गरेका छन् ।

सोही अवसरमा बोल्दै गुल्मी क्षेत्र नम्बर १ क मा प्रदेश सभा सदस्य पदका उम्मेद्वार पृर्थ बहादुर फौदार (पृथ्वी)ले बोल्दै भार्षे क्षेत्रमा रहेको ढुंगाखानीलाई नेपाली मार्वलको रुपमा बिकासीत गर्ने बताए । उनले आफुले जनतालाई भ्रम नपार्ने बताउँदै भ्रममा पार्दा बिकास निर्माणमा ढिलाई हुने बातए । सोही कार्यक्रममा स्थानीय नारायण बिक सहित १ सय जनाको टोलि नेपाली कांग्रेसमा प्रवेश गरेको छ । नव प्रवेशीहरुलाई फौदारले टिका तथा अविर लगाई स्वागत गरेका थिए ।