'गुल्मेलीको बस्ती'मा मञ्जु पौडेल र बाबुराम पन्थीको गजबको काम - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘गुल्मेलीको बस्ती’मा मञ्जु पौडेल र बाबुराम पन्थीको गजबको काम



एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका तथा उद्घोषिका मञ्जु पौडेल र गायक बाबुराम पन्थीको पञ्चे बाजा गीत ‘गुल्मेलीको बस्ती’ सार्वजनिक भएको छ ।

कला संस्कृतिलाई जगेर्ना गर्दै एक पछि अर्को मौलिक गीतलाई फरक शैलीमा बजारमा पस्किन माहिर मञ्जु पौडेलले यो गीतमा पनि निकै मेहनत गरेको बताउँछिन ।

बिहेको सिजनमा नेपाल र विदेशमा बस्ने नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको बताइएको छ ।

बिएमएस म्युजिकले बजारमा ल्याएको यो गीतमा मञ्जु पौडेल र बाबुराम पन्थीले स्वरबद्द गरेका छन् भने बिष्णु खत्रीले सङ्गीत भरेका  छन् ।

गायक गायिका आफै अभिनय गरेको उक्त गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् ।

हेरौ उक्त भिडियो