गुडिरहेको बसमा आगो लाग्दा ५२ जनाको मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुडिरहेको बसमा आगो लाग्दा ५२ जनाको मृत्यु



विहीबार बिहान गुडिरहेको यात्रुबाहक  बसमा आगलागी हुदाँ उत्तर पश्चिम क्षेत्रमा पर्ने काजकिस्तानको लारजिज जिल्लामा ५२ जनाको मृत्यु भएको छ ।

रुसबाट उज्बेकिस्तानका नागरिक बोकेर आएको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

बस समारा–श्यामकेन्ट मार्गमा दुर्घटना भएको हो। २२ सय किलोमिटर लामो यो मार्गबाट रुसका निर्माण स्थलका लागि उज्बेकन प्रवासी श्रमिकलाई ओहोर दोहोर गर्न प्रयोग गरिन्छ ।
आपतकालिन सेवा मन्त्रालयले बसमा ५५ जना यात्रु र दुई चालक रहेको जानकारी दिएको छ । दुर्घटनामा ५ यात्रुको उपचार भइरहेको र बाँकी सबैको ज्यान गएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बसमा आगो लाग्नुको कारण खुल्न सकेको छैन ।