डा. गोविन्द केसीका मागमा प्रधानमन्त्री सक्रिय, बालुवाटारमा विशेष बैठक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा. गोविन्द केसीका मागमा प्रधानमन्त्री सक्रिय, बालुवाटारमा विशेष बैठक



काठमाडौं, भदौ २८ । चिकित्सा क्षेत्रसँग सम्बन्धित माग राखेर नवौं पटक अनसनको घोषणा गरेका डा. गोविन्द केसीका मागका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष बैठक बोलाएका छन् ।
चिकित्सा क्षेत्रमा देखिएको बेथिति, सुशासनलगायतका मागका विषयमा छलफल गर्न प्रधानमन्त्रीले विशेष बैठक बोलाएका हुन ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम (डिआर) पौडेल, डा. केदारभक्त माथेमा, र आयोगका पदाधिकारी सहित,  पूर्व मुख्य सचिव लीलामणी पौडेल लगायतसँग प्रचण्डले छलफल गरेका थिए ।

छलफलमा प्रचण्डले डा. केसीका मागहरुलाई सम्बोधन गर्ने विषयमा राय सुझाव मागेका थिए । डा. केसीका मागका विषयमा प्रधानमन्त्री नहुँदै प्रचण्डले केसी अनसनरत् बसेका बेला उनका मागमा समर्थन गर्दै आएका थिए ।
प्रधानमन्त्रीले प्रक्रियागतरुपमा कुन कुन माग कसरी सम्बोधन गर्ने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ । सचिवालय सदस्य प्रकाश दाहालले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “आशा छ, डा. केसीले अब अनसन बस्नुपर्ने छैन ।”