गोविन्द वि.कको दसैँ विशेष गीत घरको मायाले…. बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गोविन्द वि.कको दसैँ विशेष गीत घरको मायाले…. बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं 

नेपालीहरूको महानवर्प बडादशैं आएसंगै दसैँ विशेष गीतहरू पनि बजारमा लगातार आइरहेका छन् । यसै क्रममा हर्क सुनार र टिका पुनको आवाजमा रहेको दसैँ विशेष गीत बजारमा आएको छ । गीतमा पत्रकार दीपेन्द्र ओलीले विदेशमा ज्यादै दुःख पाउनुभएको छ । गाउँघरतिर दसैँ, तिहार र छठ् पर्वको रौनकता छाइरहँदा दीपेन्द्र जस्तै परदेशमा रहेका नेपाली भने घरको मायाँले भक्कानिँदै बस्ने गरेका छन् ।

दीपेन्द्रले साँच्चै दु:ख पाएका नभई नयाँ म्युजिक भिडियोमा दु:ख पाएको देखाइएको हो । यसै कथालाई समेटेर तयार भएको लोक म्युजिक भिडियो विमोचन भएको छ । पूर्व सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले भिडियो विमोचन गर्नुभएको हो । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा हर्क सुनारको गीत (घरको मायाले) को भिडियोमा पत्रकार दीपेन्द्र ओली र निशा चपाईलगायतले अभिनय गर्नुभएको छ ।

पत्रकार गोविन्द वि.क.को शब्द, आलिफ खानको लयमा रहेको गीतकाे भिडियोमा निर्देशन चन्द्र मन्दिरले गर्नुभएको छ भने, इन्द्रजीत खड्काको छायाङ्कन र पत्रकार मानबहादुर बलिले सम्पादन गर्नुभएको छ ।

https://youtu.be/2unMPHsk1yI