२०७४ फाल्गुन ७, सोमवार

गोकर्ण बिष्टको झुठो प्रचार ! यसरी भयो पर्दाफास

January 3, 2018
112 Views
1 Comments
Spread the love

सुर्य प्रसाद खनाल, गुल्मी-

केहि दिन अगाडी सांसद गोकर्ण विष्टले विजय भएको २० दिनमा आफ्नो  चुनावी प्रतिवद्धता पुरा गरेको भन्ने समाचारको नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन माफर्त घोर भत्र्सना गर्दै झुटको पर्दाफास गरेको छ ।

नेपाली कांग्रेसवाट निर्वाचीत पुर्व सांसद चन्द्र भण्डारीको मिति २०७१ जेठ १ गतेको माग पत्रलाई २०७१ जेठ ११ मा तत्कालीन सिंचाई मन्त्री एन.पि. साउदको तोक आदेशबाट राष्ट्रिय योजना आयोग मार्फत ठुलो चेक्मी लिफ्ट सिंचाई योजनाको नाममा आर्थीक वर्ष ७१/७२ को नेपाल सरकारको  रातो किताव मार्फत क्रमागत योजना सार्वजानीक गरि त्यसको सम्पूर्ण डि.पि.आर तयार भएको र ९५ लाख ६७ हजार ३ सय रुपैया बराबरको केहि दिन भित्रै टेण्डर पक्रियाबाट काम सुरु हुने योजनालाई राजनैतिक रंग दिइ माननीयले कुनै श्रोत नखुलेको केहि थान सोलार पाता र ९० मिटर पाइप वितरण गरि आफुले नै योजनाको परिक्षण गरेको भन्दै  विकासका योजनामा भ्रम श्रृजना गरेको भन्दै नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत पर्दाफस गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले यो एक उदाहरण मात्र भएको बताए । क्षेत्रिय सचिव खड्काले माननीयकै गाउ दोहोली  लगाएत आफु निर्वाचीत भएका ठाउमा थुप्रै अभाव भएपनि आफुलाई विकासे नेता भन्दै हिडेको  समेत बताए । उदाहरणका रुपमा दोहोलीकै खानेपानीको समस्या भएको बताए ।

नेता पन्थीले नेपाल सरकारबाट नियमित काम हुदै आएका क्रमागत योजनालाई ढाकेर श्रोत नखुलाएका दुई चार थान सोलार पाता र पाइपले ति क्रमागत योजना ढाक्न खोज्नु जनताको हित विपरित र भ्रम छर्ने नियत  माननियको भएको बताए ।

नेपाली कांग्रेस गुल्मीमका उप  सभापति विष्णु वलालले  उक्त योजना  पूर्व माननीय भण्डारीकै पहलमा नेपाली कांग्रेसको नेतृवमा भएका सप्रमाण समेत प्रस्तुत गरेका थिए । यति ठुलो योजना कांग्रेसको पूर्ण संलग्नतामा सुरु हुन लागेको र त्यसको राजनैतिक लाभ कांग्रेसले उठाउन सक्ने आशंका गर्दै यस्तो निन्दनीय कार्य माननीय  गोकर्ण विष्टले गरेको  उप सभापति विष्णु बलालले  बताए ।

Facebook Comments

You may be interested

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन  सहमतिका ७ बुँदा
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा

himal post - २०७४, ७ फाल्गुन २३:२३

काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको…

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा
अर्थ/व्यवसाय
0 shares11 views
अर्थ/व्यवसाय
0 shares11 views

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:१५

बुटवल । सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले बुटवल र भैरहवामा मा शाखा बिस्तार गरेको छ । बुटवलको मिलनचोक तथा भैरहवाको बर्मेलिटोल…

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते
समाचार
0 shares12 views
समाचार
0 shares12 views

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:११

बुटवल। एडुकेयर इन्टिच्यूट प्रालि बुटवलले रुपन्देहीमा दोश्रो पटक गर्ने शैक्षिक मेलाको तयारी तीब्र पारेको छ । एडुकेयरले गतसाल पनि फागुन…

One Response

  1. Pingback: गोकर्ण बिष्टको झुटको यसरी भयो पर्दाफास!