कुरा शिष्ट, काम विशिष्ट : जनताको नेता गोकर्ण विष्ट-(स्थलगत रिपोर्ट) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कुरा शिष्ट, काम विशिष्ट : जनताको नेता गोकर्ण विष्ट-(स्थलगत रिपोर्ट)



गुल्मी-

नेकपा एमालेका सचिव गोकर्ण विष्ट वाम गठबन्धनको उम्मेदवारको रूपमा गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि चुनावी मैदानमा छन् । खास गरी उनी काम गर्ने शैली र बोल्ने शैलीका कारण अत्यन्त लोकप्रिय छन् ।

चुनावको समय नजिकिएसंगै उनी पनि आफ्नो क्षेत्रमा प्रचार प्रसारमा व्यस्त बनेका छन् । सबैको घरदैलोमै पुगेर, हाँसेर, कुराकानी गरेर, जनताका गुनासा सुनेर भोट मागिरहेका विष्ट अन्य नेता भन्दा फरक शैलीमा बिना तामझाम मत मागिरहेका छन् ।

 

आइतबार उनी भोट माग्न जनताको घरदैलोमा मात्र पुगेनन, मनमा समेत पुगे । जनतालाई भाषण मात्र सुनाएनन, उनीहरूका गुनासा सुने । जनतालाई आफ्नो भाषण सुन्न आउने पर्ने जिद्दी गरेनन, बरु आफै पानी पधेरोमा, स्कुलमा, खेतबारीमा र घरमा पुगेर कुरा सुनाए ।

हामीले उनको शैलीप्रति जिज्ञासा राख्दा उनका एक सहयोगीले शालीन, भद्र र शिष्ट रहने उनको बानी नै भएको बताए । उनी शैलीमा मात्र हैन विकासका काममा पनि आफ्नो क्षेत्रमा अब्बल साबित भएका छन् ।

यी र यस्तै कारणले विष्टको क्षेत्रमा कहिले पनि उनको क्रेज नघटेको र उनी प्रति जनताहरू सन्तुष्ट रहेको त्यहाँका स्थानीयहरुले हिमालपोष्टलाई बताए ।