गोकर्ण विष्टका योजना : प्रत्यक घरमा धारा, बिजुली, सबै वडामा कालोपत्रे सडक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गोकर्ण विष्टका योजना : प्रत्यक घरमा धारा, बिजुली, सबै वडामा कालोपत्रे सडक



काठमाडौँ

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले गुल्मी जिल्लालाई आर्थिक समृद्धिका लागि नयाँ योजना सार्वजनिक गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक, तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेका हुन् ।

‘जनताका छोराछोरीलाई शैक्षिक हिसाबले माथि उठाउने, ज्नताको स्वास्थ्य प्राप्त गर्ने अधिकरलाई सुरक्षित गर्ने, खानेपानी बिजुली सडक आदिको भरपर्दो व्यवस्था गर्ने र रोजगारी नपाएर विदेशमा भौतारीनुपर्ने अवस्था अन्त्य गर्नका लागि नयाँ योजना ल्याएका छौँ’ गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘केन्द्रीय सरकार सँग समन्व्य गरी नयाँ ढङ्गले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, कृषि लगायतका क्षेत्रमा विकास गर्छौँ ।’

उनले आफूले बनाएका केही विकासका योजना सार्वजनिक पनि गरे । जस अनुसार बुल्ममा शहीद लखन थापा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणाधिन अवस्थामा रहेको, छल्दी खोलालाई दायाँबायाँ तटबन्ध गरी बोटिङ्ग गर्ने व्यवस्थाका लागि सर्वेक्षण भइसकेको र बढिगाढमा ¥याफ्टिङ्ग तथा पर्यटक विकासको लागि कार्यक्रम बनेको जानकारी दिए ।
त्यसबाहेक कँकेदेउराली र रेसुङ्गामा पर्यटन विकास, २ नम्बर क्षेत्रमा एउटा प्राविधिक शिक्षालय, ४० वटा ठाउँमा अङ्ग्रेजी माध्यममा आधारभूत तहमा पढ्न पाउने गरी सामुदायिक विद्यालय स्थापना गर्ने, कम्तीमा एउटा गाउँ नगर पालिकामा गम्भीर किसिमका उपचार हुन सक्नेगरी स्वास्थ्यसंस्थाको स्तरोन्नती, सदरमुकामको अस्पत्ताल सुविधा सम्पन्न अस्पत्ताल निर्माण गरी सामान्य उपचारका लागि बाहिर जानुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य, क्याम्पसहरुको थप व्यवस्था गर्ने उनले बताए ।

‘अबको केही समयभित्र सम्पूर्ण परिवारमा विद्युत्, प्रत्येक घरमा धारा, प्रत्येक वडालाई कालोपत्रे सडक, उन्नत प्रविधिको सिँचाईको सुविधा र यो क्षेत्रमा एउटा पनि घरको खरको छाना नरहने, सुरक्षित भरपर्दो आवास बनाउने गरी काम गर्छौ’ उनले भने – ‘एउटा पनि बच्चा कापिकलम किन्न नसकेर वा फि तिर्न नसकेर विद्यालय जान नपरोस भनेर नयाँ प्रकारको योजना ल्याएका छौँ।’

त्यसैगरी रेसुङ्गा, मदाने, कँके, छाप, ईश्मा दरबार, शालिमे, मालीका, धुर्कोट लगायतका पर्यटकीय स्थलमा पर्यटन विकासका कार्यक्रम, केही ठाउँमा कृत्रिम ताल, ¥याफ्टिङ्ग, कफि खेती व्यवस्थित गर्ने, चिया, रुद्राक्ष, अलैचि लगायत कृषि र नगदेवालीको विकास गर्ने उनले बताए । ‘कल्पना गरेभन्दा राम्रा पर्यटन विकास, उत्तरगंगालाई बढीगाडमा खसालेर विद्युत् उत्पादन, अहिले भएका सडक भन्दा उन्नत सडक निर्माण गर्ने योजना छ’ उनले भने ‘बुटवल पाल्पा तम्घासको सडकमा हरेक वर्ष दर्जनौँपटक सडक अवरुद्ध र दुर्घटना हुनेभएकोले बैकल्पिक मार्गका लागि छलफल गरिरहेका छौँ ।’ यसका लागि खिलराज रेग्मी, विष्णु पौडेल, टोप बहादुर रायमाझी, प्रदिप ज्ञवाली, बालकृष्ण खाँण, चन्द्र भण्डारी, दीपक बोहोरा सहित लगायको बिचमा पटक पटक छलफल भई योनजा बनिरहेको बताए ।
उनले सिमीचौर विमानस्थल अबको एकवर्षभित्र पूर्ण हुृने गरी काम अगाडी बढेको र बुटवल तम्घास सडको लागि सुरुङ्गमार्ग लगायतको भरपर्दो विकल्प दिने प्रतिबद्धता जनाए । गुल्मीको सदरमुकाम विकासका लागि कुन योजना उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरेर ठुलो योजना ल्याईने उनको भनाई छ ।

निर्माणका योजना मात्र विकास भन्ने संस्कार भएको भन्दै उनले जनताको चेतनालाई उन्नत बनाउने गरी विकासका बहुआयामिक योजना बनाउने बताए । आफू कुनै पार्टीको मात्र उम्मेदवार नभई जनताको साझा प्रतिनिधि भएको भन्दै उनले सबै जनतालाई साझा विकासका योजना ल्याईने दाबी गरे ।

देशको आर्थिक विकासका लागि बाम तालमेल : गोकर्ण विष्ट
नेकपा एमालेका सचिव गोकर्णराज विष्टले आर्थिक सामाजिक हिसाबले जनताको जीवनस्तर उठाई जनताले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिस्ट एकता भएको बताएका छन् । लामो समयदेखिको राजनीतिक अस्थिरता आठ नौ महिनामा सरकार परिवर्तन गर्ने अवस्थाका कारण देशको विकास हुन नसकेको भन्दै २ तिहाई बहुमत ल्याई स्थीर सरकार बनाउने देशको तीव्र विकासका लागि यो तालमेल भएको बताए ।

‘यो एकता कसैका विरुद्ध लक्षित छैन, देश र जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्नका साथै राष्ट्रिय स्वाधीनता र जनताको जीवनस्तर उठानका लागि यो एकता हो’, गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘दुई तीरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडि पर्छौ त्यसका लागि स्थीर सरकार बनाउन पनि हाम्रो यो तालमेल हो ।’
विष्टले उपचार नपाएर मृत्यु, युवा पलायन हुने, शिक्षा नपाएर बेरोजगार हुने पर्ने अवस्था अन्त्य गर्र्नुपर्ने आवश्यकता पूरा गर्नका लागि, सुशासन र स्थीर शासन कायम गर्न दुई तिहाई बहुमत चाहिने भएकोले समाजवादको यथार्थतालाई बुझेर यो तालमेल अगाडी बढेको बताए ।

विष्टले निर्वाचनपछि दुई पार्टीको एकिकरण हुने गरी सहमति भएको पनि बताए । कसै कसैले जुन प्रकारले आशंका गरेका छन् त्यो आशंका मेटिने गरी निकटता बढेको छ, यसले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ ढङ्गले अगाडी बढ्ने दाबी गरे । ‘नेताहरूलाई व्यवस्थापनका धेरै विषयमा पनि छलफल भएको छ’ उनले भने ‘जनताका चाहनाहरुलाई पूरा गर्नेगरी नेताहरूलाई व्यवस्थापन गर्ने कुरा भएको छ ।’

नेपाली काँग्रेका नेताहरूले बाम तालमेल अधिनायबाद ल्याउने तालमेल भनेको प्रति लक्षित गर्दै उनले त्यो अताल्लिएर दिएको अभिव्यक्ति भएको आरोप लगाए । ‘जनमत सँग अताल्लिएर यो प्रकारको अभिव्यक्ति आएको त हैन ? भन्ने हामीलाई लागेको छ’ उनले भनये ‘यो शोभनिय हु्ँदन ।