गोकर्ण विष्टको क्रान्ति: झुक्याएर विदेश पठाउने दिनको अन्त्य ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गोकर्ण विष्टको क्रान्ति: झुक्याएर विदेश पठाउने दिनको अन्त्य !



 

काठमाडौं । विदेशी रोजगारदाता कम्पनीले नेपाली कामदार माग्दा त्यस देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गर्नुपर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो । वैदेशिक रोजगार माग निर्देशिका २०७५ जारी गर्दै सरकारले अब विदेशस्थित रोगजारदाता कम्पनीले नेपाली कामदार माग गर्नुपरेमा त्यस देशमा रहेको नेपाली नियोगले प्रमाणित गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यसअघिसम्म रोजगारकालागि विदेश जाँदा नेपाली युवा कामदारहरुको विदेशमा विचल्ली पर्ने गरेकाले त्यस्तो नहोस् भन्ने हेतुले विदेश जाँदा नै नियोगले प्रमाणित गरेरमात्र जान पाउने व्यवस्था हुने भएको छ ।

कुनै वैदेशिक कम्पनीले जनशक्ति मागेको हो वा होइन, या ठगी गरेर युवालाई झुक्याएर विदेश पठाउन लागेको त होइन ? भन्ने विषयलाई नियोगले नै छानविन पश्चात् प्रमाणित गरी पठाउने व्यवस्थाकालागि सो निर्णय गरिएको राज्यमन्त्री बाँस्कोटाले प्रष्ट पारे ।

वैदेशिक रोजगार माग निर्देशिकाका ६ फाइदा 

  1. श्रमिकलाई एउटा काम भनेर अर्कोमा पथाउना नपाइने ।
  2. कुनै पनि कम्पनीले अब सजिलै माग देखाउन नसक्ने ।
  3. नीजि क्षेत्रले गरिरहेका थिए । अव सरकारी संयन्त्रमा आयो ।
  4. नेपाली नियोगका कर्मचारीले बदमासी गरे कारवाही गर्न सजिलो हुन्छ ।
  5. थोरै माग ल्याएर धेरै धेरै कामदार पथाउना नसक्ने ।
  6. मागपत्र अव अनलाइन प्रणालीमा  ।