गगन जी तपाई किन मन्त्रि परिषदको वैठकमा नगएको ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गगन जी तपाई किन मन्त्रि परिषदको वैठकमा नगएको ?



वर्तमान अवस्थामा निकै चर्चाको विषय बन्यो स्तन क्यान्सरबाट पीडित पूर्व उप प्रधानमन्त्री तथा प्रराष्ट मन्त्री नेपाली कांग्रेसकि केन्द्रीय सदस्य २०६२ , ६३ को लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिकामा रहेकी समाजसेवी सुजाता कोइरालाको उपचार कर्च ५० लाख मन्त्री परिषद् बाट दिदा उब्जेको विरोध ।

नेपालमा कुनै पनि राजनीतिक दलका नेताहरू अरब पति भन्दा कम छैनन् । राष्ट्रपति बिध्या भण्डारी , पूर्व प्रधानमन्त्री के पी शर्मा ओली , पूर्व राष्ट्रपति रामवरण यादव पूर्व प्रधानमन्त्री सुशील कोइराला एवं सांसद हरू आफ्नो उपचार्मा राज्यकोषबाट खर्छ बाफत रकम लिसकेका छन् ।

बिध्या भण्डारी के पी ओली र रम वरण यादवको सम्पती अरबौमा आउँछ , उनीहरू आफ्नै ब्याक्तिगत खर्चमा उपचार गराउन सक्थे तर पनि आफ्नो उपचारका लागि राज्यबाट करोडौं रकम लिए त्यतिखेर विरोध कहिबाट पनि भएन ।

सुशील कोइरालाको सम्पत्ति नै थिएन । उन्को सम्पती देश र जनता थिए । उन्को उपचार्मा राज्यले जिम्मा लिनु सकारात्मक मानु पर्छ ।

प्रसङ्ग सुजाता कोइरालाको उप्चारमा राज्यले दिएको खर्च सम्बन्धी । निकै बिबद र विरोधका स्वरहरू सुन्न पाइयो लोकतन्त्रमा यो हुन पनि पर्छ । तर मन्त्रीस्तरीय बैठक्को निर्णयबाट उपचार खर्च दिएको हो भनेर प्रधानमन्त्री प्रचण्डले भनी सकेका छन् । तर गगन थापा जुन काँग्रेसका केन्द्रीय सदस्य एवं काँग्रेसको कोटाबाट स्वास्थमन्त्री छन् उनी मन्त्रीपरिषदको बैठकमा उपस्तिथि भएनन त्याहा नेपाली काँग्रेसका सबै मन्त्रीहरू उपस्थित थिए । तर गगन थापाको अनुपस्थित र मन्त्रीपरिषद ले गरेको निर्णयमा उनको विरोधले के देखाउछ भने अहिले जति पनि सुजाता दिदीको बारेमा विरोध भइरहेको छ त्यो विरोध गगन थापाका हनुमानहरुले गरिरहेका छन् ।

नेपाली काँग्रेसको निर्णय का विरुद्ध केन्द्रीय समितिको सदस्य होस या अरू कोही जान्छ भने त्यो सच्चा काँग्रेस हुनै सक्दैन । हो हिजका दिनमा काँग्रेस भित्र गगन थापा माथि प्रश्न उठने गरेको थियो । उनी कहिले गिरिजा बबुको विरोध गर्थे त कहिले सुशील कोइराला को ।

एक पटक उनी नयाँ शक्तिमा जान त्यार रहेको कुरा मिडियाबाट आएकै हो । उनको भावना चर्का भाषण गरेर सस्तो लोकप्रियता कमाउनुनै हो । अहिले को सन्दर्भमा भन्ने हो भने गगन आफू लोकप्रिय बन्न आफ्ना हनुमान हरुबाट सुजाता कोइरालाको विरोध गराइरहेका छन् र खुदैपनी विरोध गरेका छन्

याहानिर गगन थापा माथि गम्भीर प्रश्न उठेको छ मन्त्री परिषद् को बैठक्मा किन उपस्थित भएनन । उन्लाइ मन्त्री परिषदको सचिबालयले जानकारी गराएको रहेछ । मन्त्री परिषद् को बैठकमा काँग्रेस का सबै मन्त्री सहभागी हुँदा गगन सहभागी नहुनु , आफू मन्त्री रहेको मन्त्री परिषदले गरेको निर्णय लाई नमान्नु , र उल्टै मन्त्री परिषद् लाई दोष देखाएर आफू हिरो बन्न खोज्नु , काँग्रेस भित्र छलफलै नगरी मिडियामा बिरोधाभाष बाक्यन्स बोल्नु ले पनि गगन जीले सुजाता कोइराला माथि सडेन्त्र गर्न खोजेको प्रमाणित हुन्छ ।