बाख्राले दैनिकी फेर्याे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाख्राले दैनिकी फेर्याे



पाल्पा । स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन् ।

आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो । अहिलेसम्म १४ हजारभन्दा बढी घर परिवारले स्वास्थ्य बीमा दर्ता गरेका छन् ।

सामाजिक सुरक्षा विकास समितिले २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क अधिकृत गौरिशंकर सिंहका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट रु तीन करोड ५० लाख राजश्व संकलन भएको छ ।

स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र ताहु, खस्यौली, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

पाँच जनाको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भएकाको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । एक वर्षका लागि बीमा गरेका व्यक्तिले वार्षिकरुपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने व्यवस्था छ ।

स्वास्थ्य बीमाका कारण नियमितरुपमा औषधि सेवन गर्ने दीर्घ रोगीका लागि अत्यन्त सहज भएको रैनादेवी गाउँपालिका– ६ छहराकी दमयन्ती रानाले बताउनुभयो । स्वास्थ्य बीमा गरेपछि बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियो थेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घरघरमा पुगेर सेवा प्रदान गर्दै आएका छन् ।

बाख्रापालनबाट महिलाको दैनिकी फेरियो

आधुनिक तरिकाले बाख्रापालन शुरु गरेपछि निस्दी गाउँपालिका– ५ गल्धा बहपुरकी उर्मिला सुनारीको दैनिकी फेरिएको छ ।

तीन वर्षअघि आधुनिक खोर निर्माण गरेर बाख्रापालन शुरु गरेपछि उहाँको आम्दानी मात्र नभई आनिबानीमा पनि परिवर्तन आएको छ । चारवटा माउ बाख्राबाट व्यवसाय शुरु गर्नुभएकी सुनारीले अहिले आठवटा माउ बाख्रा पाल्नुभएको छ । खोर व्यवस्थित बनाएपछि बाख्रापालन व्यवसाय उहाँको आम्दानीको बलियो माध्यम बनेको छ ।

गाउँको भिरालो जमिन, दुई महिनालाई पनि खान नपुग्ने पाखोबारीमा सुनारीलाई मकै र गेडागुडी लगाएर गुजारा गर्न निकै कठिन थियो । अहिले बाख्रापालनबाट हातमुख जोर्न समस्या छैन ।

सुनारीले पाठा बिक्रीबाटै वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्नुहुन्छ । यसैबाट छोराछोरीको पढाइ खर्च र घरव्यवहार चलाउनुका साथै दुई छोरालाई रामपुर बजारमा पढाउँदै आउनुभएको छ ।

“अन्नबाली र तरकारी खेतीबाट जीवन धान्न समस्या थियो, बाख्रापालनले आर्थिक अवस्थामा सुधार आएको छ”, उहाँले भन्नुभयो ।

बाख्रापालनबाट योमाया थापा पनि आत्मनिर्भर बन्दै जानुभएको छ । उहाँले सातवटा माउ बाख्रा पाल्नुभएको छ । “पाँच÷छ महिनासम्म एउटा खसी पाले रु २० हजारदेखि रु ३० हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो ।

सधैँ पैसाका लागि श्रीमान्कै भर पर्दै आउनुभएकी खुमीसरा रानालाई पनि बाख्रापालन व्यवसायबाट अहिले परनिर्भर हुनुपरेको छैन । गाउँका महिला दिदीबहिनीलाई हेफर इन्टरनेशनल नेपालले खोर सुधारका लागि दुई वर्षसम्म रु १५ हजार रकमबिना व्याज सहयोग गरेपछि व्यवसाय गर्न हौसला मिलेको छ । यहाँका आठ घर परिवारका महिला बाख्रापालन गरेर आर्थिक रुपमा बलियो बन्दै गएका छन् ।

खोर व्यवस्थापनलाई सुधार गर्दै गएपछि महिलाले हिजोआज आयआर्जनका निम्ति बाख्रापालन व्यवसाय अपनाउन थालेका छन् । महिलाले बाख्रापालन व्यवसायबाट गरेको आम्दानी घरखर्च, छोराछोरीको पढाइसँगै केही रकम कोसेलीका रुपमा वचत समेत गर्दै आएका छन् ।