घुसको खास स्वाद - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घुसको खास स्वाद



-हरि थापा

घुसको खास अर्थ र खास स्वाद छ। नत्र किन केही राष्टसेवक कर्मचारीहरू ज्यानै फालेर घुसको पछि लाग्छन।एउटा पदमा पुगिसकेका सच्चा कर्मचारीहरू जाबो सेवाग्राहीको मोटो खल्तीमा लोभ गर्छन् र र्‍याल काढ्छन भने के सेवा देलान !

जसले सेवाग्राहीको काम गर्दा घुस लिएका छैनन् बुझेका छैनन् जसले चाखेका छैनन् ती साँच्चै ईमान्दार कर्मनिष्ट सच्चा राष्टसेवक हुन।यस्ता ईमान्दार केही अोैलामा गन्न सकिने मात्र छन् बाँकी उही ड्याङका मुला हुन।

तर ज जसले चाखेका छन् नि तिनलाई टाढैबाट घुसको मगमग बास्ना अाउदो हो।जसरी कुनै पर्वमा कुनै विशेष दिनमा मिष्टान्न भोजन को हरहर बास्ना आउँछ त्यसै गरी। यति भईसक्दा पनि घुस के हो? थाहाँ नपाए जस्तो गर्छन् केही मन्त्री,सांसद कार्यालय प्रमुख अन्य आधिकारिक व्यक्तिहरू यो साँच्चै लज्जाको विषय हो।

यसो भनिरहँदा केही महानिर्देशक कार्यालय प्रमुख,इन्चार्जहरूले नाक नफुलाए हुन्छ मुख नलेब्रयाए हुन्छ सबैलाई एउटै टोकरी मा हालेको छैन तर एकै पटक नहाले पनि उछिट्टिएर आफै टोकरीमा छिर्ने परिस्थितिको सिर्जना भएको छ।

दिन दिनै च्याप च्याप समातेर देखाउँदा समेत ठाडोँ कारबाही गर्छु भन्नुको साटो कार्यालय प्रमुखहरू जिम्मेवार समालेका पदाधिकारीहरू नै साम दाम लगाएर घुस्याहा कर्मचारीको निमित्त आफ्नै जागिरको सवाल नगरी जोगाउन तल्लीन देखिन्छन।यसबाट सजिलै अनुमान गर्न सकिन्छ यिनले घुसको खास स्वाद पाएका रहेछन्।
घुस भनेको वैधानिक कामलाई लाखापाखा लगाई अवैधानिक देखाई फेरि वैधानिक बनाई काम फत्ते गर्नु हो।आजकल प्राय चल्ने यस्तै हो।

यो घुस घुस घुस छ नि खासमा विष हुनु पर्थ्यो  ,खायोकी मुसालाई दवाई लागे जस्तो छटपट्टि लागिहाल्ने अनि  पानी पानी पानी भन्दै उफ्रिदै कुदे्र दुलोमा छिरेर परान त्याग्ने।खाने बेला गुलियो गुलियो हुने खाई सकेपछि रम लागेजसरी विस्तारेेै लाग्ने तितो गुलियो पिरो कस्तो कस्तो स्वाद नै पत्तो नहुने हुनु पर्थ्यो।

घुसको मामिलामा हाम्रो देशमा त्यस्तो भएन बरु उल्टै घुस त पञ्चाअमृत जस्तो भयो खास स्वाद भएको खाने कुराहरू भयो जति खाए पनि नढाडिने, ढ्याँउ नकाढ्ने गुलियो चकलेट मुखमा हालेर मुख मिठ्याईरहने टक टक जिब्रो पड्काउने जस्तो भयो।खाईरहनु पर्ने नशा भयो सन्तुष्टी दिने खाना भयो।

देख्नेलाई पनि रहर लाग्ने सधैँ मुख मिठ्याईरहेको हुन्छ।निसंकोच के हालेको होला मुखमा?कति मुख मिठ्याईरहेको होला? देख्नेलाई पनि तलतल लाग्ने! मलाई नि दिएत हुन्थ्यो नि टाइपको।

भोकले पेटमा मुसा दोैडिरहेको हुन्छ ।केही मान्छे अान्नदले केही कुरा खाईरहेका छन् भने पक्कै पनि देख्नेको मुखमा पानी आउनु नराम्रो होइन।

सम्झिनुस्!त्यही माथिको भोक लाई ऋण मान्नुस्।अब वरिपरि खानाहरू टन्नै देखिन्छ पेटमा भोकले लात मारिरहेको छ अर्थात् ऋणले टुपि डुबिरहेको हुन्छ अनि केही सेवाग्राही काम गराउन उत्सुक देखिन्छन भने अब त्यो कर्मचारी चुप बस्ला!

अनि अाजकलका सेवाग्राही पनि कमका छैनन् चाहिने कागजपत्र केही कमी भयो भने पनि अहँ फर्केर गएर ल्याउँछु भन्ने साहस गर्दैनन् कति जबरजस्त छन् जसरी पनि घुस दिएर हुन्छ कि एकान्तमा बोलाई खासखुस गरेर हुन्छ सेवाग्राहीलाई पनि काम तमाम हुनै पर्छ।

बल्ल जब दुई पक्षिय सम्झोैतामा कुरो टुङ्गिन्छ तब पहिलो पञ्चाअमृत अथवा गुलियो मिठाईको स्वाद पाउँछन र त्यही दिन देखि यस्तो घुसको लत लाग्छ कहिल्येै छाड्न सक्दैन अर्थात् घुस विना काम गर्दैनन् दोषी त कानुनले भने बमोजिम दुवै हुन तर जब घुस विना काम नै नहुने स्थिति हुन्छ तब चैँ एक पक्षिय दोष नै साबित हुन्छ।

अजेन्ट काम गर्नु पर्‍यो उपयुक्त समयमा चाहे वडा कार्यालय होस वा जिल्ला प्रशासन कार्यालय कुनै सिफारिसको बनाउनु पर्‍यो सबै भन्दा पहिले को चिनेको छ भन्दै घोत्लिनु पर्ने हुन्छ।

जब लामो समय सम्म याद गर्दा पनि चिनेजानेका मान्छे छैनन् भन्ने पक्का भएपछि अब कालो अनुहार बनाउँदै खल्तीहरू छाम्नुपर्ने हुन्छ।नत्र काम हुनै सक्दैन यस्ता घटना पनि यत्रातत्र देखिन्छ।

देशमा भइरहेको दादागिरी भ्रष्टाचार बलात्कार का नालीबेली यथावत् कायम छ कुनै शंकोच मानिरहनु पर्दैन अच्चम मान्दै जिब्रो टोक्नु पर्दैन।

पछिल्लो समयमा सामान्य कार्यालय सहायक देखि हाईप्रोफाई सम्मको घुस ताण्डव (घुसको नाङ्गो नाच) देखिँदै आएको छ।

यस्ता घुस काण्डले यी घुस्याहाँहरुलाई उल्टो शक्ति मिलेको छ अाट साहस बढेको छ किनकि घुस्याहा लाई निमिट्यान्नै पार्ने कुनै निकाय छैन ।समात्ने दुईचार दिन मज्जाले हल्ला फैलाउने वाहवाही कमाउने अनि हल्का रकम लिएर छाडिदिने यस्ता परिदृष्य पनि देखिँदै आएको छ।

सबै लाई जानकारी छ घुस ताण्डम यसरी मच्चिरहेको छ देशका कुनै पनि काम गर्न मान्छे चिन्नै पर्ने नत्र घुस विना काम गर्न साह्रै ढिला हुने सेवाग्राहीलाई दुख दिने यो भएन,त्यो भएन भन्ने स्पष्ट देखिएका पनि छन्।

जब केही सेवाग्राहीले गुनासो गर्छन्।अनि अनुगमन हुन्छ घुस्याँहा पनि पक्रन्छन अनि अनुसन्धान गर्छोै भन्दै लुकाउँछन।कहिले सम्म हुन्छ यो अनुसन्धान जुन वेला जस्ता घटना पर्दामा छर्लङ्ग देखिए पनि थप अनुसन्धान भनिन्छ यो अनुसन्धान किन गरिन्छ पत्तो छैन।

बकाईदा घुस खाएको देख्दा देख्दै पनि यसलाई सिधा यो कारबाही हुन्छ भन्ने कुनै पनि दमदार,हिम्मतवाला हाकिम देखिएन ।लगेर एउटा टोलीलाई बुझाइन्छ अनि के कारबाही हुन्छ थाहाँ समेत दिन्नन् यो पब्लिकले देखिसकेका विषयमा पनि किन थप अनुसन्धान गर्ने होला यो विषय बडो रहस्य लागेर आउँछ।

यो घुस खानेलाई यस्तो कारबाही हुन्छ बाँकी अन्य संलग्न भए उसलाई पनि कारबाही गर्छु भन्ने साहस कसैले गर्दैन उल्टै दोषीलाई उम्काउन हरदम प्रयास गर्छन्।देखिसकेको कुरालाई पनि थप छोपछाप पार्ने अनुसन्धान गरिने जटिल समस्या अन्त्य नभए सम्म यो घुस बन्द हुनेवाला छैन।

चोरले चोरी सक्यो।लुट्नेले लुटि सक्यो बलत्कारीले बलात्कार गरिसक्यो,घुस खानेले घुस खाईसक्यो अब किन चोरीस? के को लागि चोरीस,कति चोरीस चोरीको पैसा कहाँ लगानी गर्छस्,यस्ता जाबो लाईलट पाराले कहीँ घुस रोकिन्छ?घुस रोक्ने नै हो भने त समातेका कर्मचारीलाई ठामको ठाउँ कारबाही गर्नु पर्छ अनि पो बन्द हुन्छ ।समात्ने अनि केर कार गरेर माया गर्दै छाडियो भने अपराध कम हैन बढी हुन्छ।

अपराध गर्नेहरुको कला कति हुन्छन्,हुन्छन् अनुसन्धान प्रहरी भन्दा पनि अपराधी केही कदम अगाडी हुन्छन् भने यस्तालाई किन वाईयत प्रश्न सोधेर समय बर्बाद गर्ने? सिधै जेल कोच्ने कानुन बनाउनु पर्दैन् दिनदाहडै बलात्कार बढिरहेका छन् अनि बलत्कारी हो भनेर सर्वत्र थाहाँ भईसक्दा पनि अपराधी उम्काउन किन कागजी प्रमाण चाहियो।

यो देशमा कागजी प्रमाणको खेस्रो पुर्‍याउन नसक्दा निर्मम पिडामा पिल्सिएका मानिसहरूले न्याय पाएका छैनन् र कति आँखाले देखेको प्रमाणलाई पनि छोपछाप पारि केस डिसमिस गर्दा न्याय नपाउँदा मानिसहरू नर्कमा बाचेझैँ बाचिरहेका छन्।

त्यसैले घुस खाएको लाईभ देखिसक्दा पनि कारबाही अगाडी नबढाउने कार्यलयहरु प्रति शंकालु दृष्टिले हेरिनु पर्दछ मिलेमतो छ भन्ने सजिलै बुझ्नुपर्दछ लाईभ भिडियो भन्दा ज्यादा प्रमाण के चाहियो? कर्मचारीलाई उल्टो मनोबल बढाइदिएको छ यसमा सरकारको ध्यान जानु जरुरी छ।