घोषणापत्रप्रति हामी पूर्ण प्रतिवद्ध छौं:प्रचण्ड - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

घोषणापत्रप्रति हामी पूर्ण प्रतिवद्ध छौं:प्रचण्ड



काठमाडौं। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन, सकिँदैन, होला र रु भन्ने सोच त्याग्न सबैमा आग्रह गर्नुभएको छ ।

सोमबार साँझ नयाँ पत्रिकाको फेसबुक लाइभमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘हामीले दश वर्षका मध्यम स्तरको मुलूक बनाउने संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक ग¥यौं । घोषणापत्रप्रति हामी पूर्ण प्रतिवद्ध छौं । हाम्रो घोषणापत्र हेर्दा केही महत्वाकांक्षी देखिन्छ । तर, हामीले संकल्प गर्दा सबै कुरा सम्भव छ । मैले दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यसको प्रत्यक्ष अनुभव गरेको छु ।’

प्रचण्डले थप्नुभयो, ‘हामीले संकल्प गर्दा आर्थिक बृद्धिदर ७.५५ पुग्यो, लोडसेडिङ हट्ला भन्ने कसैले कल्पना गरेको थिएन । तर, हट्यो । आर्थिक सूचकहरु सकारात्मक दिशामा गए । बन्द, हड्ताल नहुँदा देशको अर्थतन्त्रले गति लियो । मधेशको समस्या सजिलै हल होला भन्ने कल्पना गरिएको थिएन । तर, हामीले संकल्प ग¥यौं र सफल पनि भयौं । हामी नेपालीमा हुँदैन, सकिँदैन, होला र ? भन्ने सोचले घर गरेको छ । हामीले लामो सयमदेखि त्यही तालिम लिएका छौं । तर, त्यो सोच बदल्नुपर्छ । सकिन्छ, गर्नुपर्छ भन्ने सोच र भावनाको विकास भए मात्र देश विकासले गति लिन थाल्छ ।’

‘वस्तुगत परिस्थितिले एमाले–माओवादीलाई एकै ठाउँमा ल्यायो । अब अलग–अलग पार्टीको रुपमा रहनुपर्ने औचित्य रहेन’ प्रचण्डले भन्नुभयो, ‘शान्तिपूर्ण प्रतिस्पर्धाकै आधारमा समाजवादी क्रान्तिको दिशामा जाने कुरामा २ पार्टी एक भइसकेपछि अलग बस्नुको औचित्य पनि छैन । इतिहासमा एमालेले शान्तिपूर्ण राजनीतिमा योगदान ग¥यो, माओवादीले सशस्त्र संघर्षबाट समाज रुपान्तरणमा भूमिका खेल्यो । हाम्रा भूमिका एकअर्काका पुरकका रुपमा रहेका छन्, त्यसैले एकतामा कुनै समस्या छैन । त्यसैले अहिलेको एकता वस्तुगत आवश्यकताका दृष्टिले औचित्यपूर्ण छ ।’

‘सत्तरी वर्षपछि स्थिर सरकार बन्दैछ’

सोमबार बिहान काठमाडौंको गोकर्णेश्वरको तारेभिरमा चौंथो तारेभिर महोत्सवको उद्घाटन गर्दै प्रचण्डले सत्तरी वर्षपछि नेपालमा स्थिर सरकार बन्न लागेको बताउनु भएको छ ।

तारेभिर महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले लामो समयदेखि राजनीतिक अस्थिरता भोग्यौं । अस्थिरताका कारण विकासका कामहरु अवरुद्ध भए । हामीसँग प्राकृतिक साधन, स्रोत र ईच्छाशक्ति हुँदाहुँदै पनि देशको प्रगति हुन सकेन, अब हामीले त्यो परिस्थिति बदल्ने साहस गरेका छौं । नेपालको इतिहासमा सत्तरी वर्षपछि पहिलोपटक स्थिर सरकार बन्दैछ, यसले देशलाई सुशासन र समृद्धिको नयाँ अध्यायमा लैजानेछ ।’

‘तारेभिर पर्यटनका दृष्टिले अत्यन्तै महत्वपूर्ण ठाउँ रहेछ, काठमाडौं उपत्यकादेखि यति नजिकमा रहेको रमणीय यो ठाउँको विकासका लागि हामी सबैले पहल गरौं’ प्रचण्डले भन्नुभयो, ‘त्यसका लागि मेरो निरन्तर सहयोग रहनेछ ।’

कार्यक्रममा एमाले नेता रामेश्वर फुयाल, माओवादी केन्द्रका नेता कृष्ण केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।