घोडाघोडी नगरपालिकामा तेस्रो नगर स्तरीय बिद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सुरु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

घोडाघोडी नगरपालिकामा तेस्रो नगर स्तरीय बिद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सुरु



 हिमाल पोस्ट 

सुखड , कैलाली ।।
कैलालीको घोडाघोडी नगरपालिकामा तेस्रो नगर स्तरीय बिद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगीता बुधबार बाट सुखडमा सुरु भएको छ । सुखड स्रोत केन्द्रको आयोजना र घोडाघोडी नगरपालिकाको सहयोगमा प्रतियोगिता सुखडको राष्टीय मा.वि प्राङ्गणमा बुधबार  एक कार्यक्रमका बिच उद्घाटन भएको छ।

सुखड श्रोतकेन्द्का स्रोत व्यक्ति राजकिशोर लाल कर्णको सभापतित्तवमा सुरु भएको प्रतियोगिताको प्रमुख अथितीमा पुर्व कृर्षी मन्त्री तथा कैलाली क्षेत्र नम्वर ३ प्रतिनिधी सभा सदस्य  गौरीशंकर चौधरी रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अथितीमा प्रदेश सभा सदस्य अमर बहादुर साउद, घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरी,उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अथितीको आसन बाट बोल्दै कैलाली क्षेत्र नम्वर ३ का प्रतिनिधी सभा सदस्य तथा पुर्व कुर्षी मन्त्री गौरी शंकर चौधरीले खेलकुद सवैका लागी सधैकालागी आवश्यक रहेको बताउनु भयो । आजका साना बिद्यार्थि भोलीका समाजको रास्ट्रको कर्णधार भएकाले शिक्षकहरुले बिद्यालयमा विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका वोल्दै कैलाली क्षेत्र नम्वर ३ ख प्रदेश सभा सदस्य अमर बहादुर साउदले घोडाघोडी नगरपालिका भित्रका हरेक बिद्यालयहरुमा करिवन ३० हजार बिद्यार्थि अध्यनरत रहेको बताउनु भयो ।शिक्षालाई गुणस्तरिय बनाउन नगर भित्रका बिद्यालयहरुको भौतिक पुर्वाधार देखी शैक्षिक स्तोरउन्नती गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।

खेलकुद गतिविधी सञ्चालन गर्न नगर क्षेत्र भित्र सुविधा सम्पन्न कवड हलको व्यवस्था मिलाउन स्थानिय,प्रदेश,र प्रतिनिधी तिनै सरकार प्रतिवद्ध रहेको उहाले बताउनु भयो ।

तस्रो नगर स्तरीय  बिद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगीतामा नगर भित्रका ८३ बिद्यालयहरुको सहभागिता रहेको छ । बुधबारदेखि सुरु भएको कार्यक्रममा २९ गते सम्म विभीन्न खेलहरु हुने बताइएको  छ । प्रतियोगीताको पुरस्कार  बितरण तथा समापन पौष ३० गते गरिने बताइएको छ ।