घोडाघोडिमा वडा अध्यक्षद्वारा कर्मचारीमाथी दुव्र्यवहार भएको भन्दै पेनडाउन ,मेयरले मागे माफी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

घोडाघोडिमा वडा अध्यक्षद्वारा कर्मचारीमाथी दुव्र्यवहार भएको भन्दै पेनडाउन ,मेयरले मागे माफी



प्रकाश मिश्र / बिशाल पाण्डेय । 

सुखड ,कैलाली । घोडाघोडी नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष कृष्ण बहादुर शाहले कर्मचारी माथी दुर्वव्यवहार गरेका छन् ।

नगरपालिका कार्यालयमै काम गरिरहेको अवस्थामा घोडाघोडी नगपालिकाका सव इन्जीनियर त्रिलोक शाही र विस्नु रुद्ध न्यौपाने माथी जनप्रतिनिधीवाटै दुव्र्यवहार भएको हो ।

कार्यालयमा काम गरीरहेकै समयमा घोडाघोडी नगरपालिका वडा अध्यक्ष शाहले कर्मचारी माथी अपशव्द वोलेको निमिक्त कार्यकारी अधिकृत उमेश राज रेग्मीले बताउनु भयो ।

कार्यालयमै कर्मचारी माथी दुर्वव्यवहार भएपछि कर्मचारीले आज नगरपालिकाको काम काज ठप्प पारेका हुन् । घटनाको विरोधमा घोडाघोडी नगरपालिकाका कर्मचारीले आज दिसो १ वजे देखी पेन डाउन गरी सेवा ठप्प पारेका हुन् ।

आफुहरुको कामको अबमुल्यन गरेको र बेला बेलामा जनप्रतिनिधिले दुव्र्यवहार गर्ने गरेक भएतापनी सहदै आएको तर अति भएपछी आवाज उठाउनु परेको सब इन्जिनियर त्रीलोक शाहिले बताए । त्यस्तै अर्का सब इन्जिनियर बिस्णुरुद्र न्यौपानेले कामको चाप अत्याधिक भएकाले फिल्डमा जान केही ढिलाइ भएको स्विकार्दै जनप्रतिनिधिले कर्मचारी अभाबको कुरा नबुझ्नु दुखद भएको बताए । दुव्र्यवहारले काम गर्ने बातावरण नभएको उनको भनाइ छ ।

यता आफुले आफ्नो वडा बिकट भएको र अनुगमन गर्न गइदिन बारम्बार आग्रह गरेको तर कर्मचारिले अनुगमन नगरेको जिकिर गर्दै वडा अध्यक्ष शाहले दुव्र्यवहार नगरेको तर अलि जोडले बोलेको बताए । र आफुले काम नगर्ने भए जाउ भनेको समेत बताए ।

उता सेवाग्राही गणेश बिस्टले जनप्रतिनिधिको दादागिरी शैलि देखिएको र यस्तो व्यबहार सुधार्नु पर्ने बताए ।

त्यसैगरी घटनापछि बसेको बैठकमा नगर प्रमुख ममता प्रसाद चौधरिले सम्पुर्ण जनप्रतिनिधिका तर्फबाट माफी माग्दै आगामी दिनमा यस्ता कुनैपनी किसिमका दुव्र्यवहार नहुने प्रतिबद्धता जनाएको निमित्त प्रसासकिय अधिकृत उमेश रेग्मिले जानकारी दिए ।