घोडाघोडी नगरपालीका- १० मा होली मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडी नगरपालीका- १० मा होली मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न 



नरेन्द्र धामी / पहलमानपुर,कैलाली  ।
कैलालीको घोडाघोडी नगरपालीका – १० पहलमानपुरमा साहारा युवा क्लवको आयोजनामा होली मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । साहारा युवा क्लवका अध्यक्ष शिव राज चन्दको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालीकाका मेयर ममता प्रसाद चौधरी रहनु भएको थियो । कार्यक्रममा वोल्दै मेयर चौधरीले सम्पुर्ण घोडाघोडी नगरवासिमा रङहरुको पर्व होलीले खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा वोल्दै उंहाले घोडाघोडी नगरपालीका वडा नं. १० मा एउटा खुला सार्वजनिक स्थलको अभाव रहेको उल्लेख गर्दै त्यसको सम्भाव्यता अध्यान गरि खेलकुद समेत सन्चालन गर्न मिल्ने खालको सार्वजनीक स्थलको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा पछिल्लो समयका चर्चित लोक पप गायक चक्र वम ,लोक तथा दोहरी गायक सुरत रावल डोटेली कान्छा , थारु कलाकार अन्जु कुश्मी , अनु चौधरी लगायतका कलाकारहरुले भरपुर मनोरन्जन गराएका थिए ।

कार्यक्रममा घोडाघोडी नगरपालीका वडा नं. १० का वडा अध्यक्ष भिम वहादुर वम , वडा सदस्यहरु ,समाजसेवि वुद्धीजिवी , पत्रकार स्थानीय लगायतको वाक्लो उपस्थीति रहेको थियो । घोडाघोडी नगरपालीका वडा नं. १० का वडा सदस्य भुमिराज जोशिले स्वागत मन्तव्य राखेको कार्यक्रको सन्चालन साहारा युवा क्लवका सचिव धिरेन्द्र कठायतले गर्नु भएको थियो ।