घोडाघोडीलाई ब्रान्ड बनाउने: नगर प्रमुख ममता चौधरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडीलाई ब्रान्ड बनाउने: नगर प्रमुख ममता चौधरी



विशाल पाण्डेय
सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित सिमसार क्षेत्रमा सुचिकृत घोडाघोडी ताल क्षेत्रलाई घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले ब्रान्ड बनाउनु पर्ने बताएका छन्।

शुक्रवार घोडघोडी नगरपालिका- १ सुखडमा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको पत्रकार सङ्ग अन्तरक्रिया कार्यक्रममा बोर्डका अध्यक्ष तथा नगर प्रमुख चौधरीले सो कुरा बताएका हुन ।

चौधरीले नेपालको नक्सामा पर्यटकीय क्षेत्रलाई जम्मा तिन ठाउँमा मात्र चिनिने हुँदा आफ्नो ठाउँको विकास, संरक्षण र पर्यटकीय स्थल बनाउनको लागि त्यो नक्सामा घोडाघोडिको नामले चिनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

चौधरीले जैविक महत्त्व बोकेको सिमसार क्षेत्रमा सुचिकृत घोडाघोडी तालको संरक्षण ,पर्यटन र तालको विकास गर्ने उद्देश्यले नगर प्रमुखको अध्यक्षतामा समिति गठन गरेको  जानकारी दिए ।

नगरप्रमुख चौधरीले ४ वर्षसम्म घोडाघोडी ताल क्षेत्रलाई कुन क्षेत्रबाट कसरी काम गर्ने भन्ने गुरुयोजना बनाएर काम गर्ने बताए ।

ताललाई अझै व्यवस्थित गर्नको लागि डुङ्गा चलाउने, मन्दिर क्षेत्रको व्यवस्थापन, पिकनिक स्पोट, पार्क, सूचना घर, प्रवेश शुल्कको समेत व्यवस्थापन गर्ने चौधरीले बताए । सबैभन्दा ठुलो चुरे क्षेत्र कैलालीमा छ उनले भने घोडाघोडी मन्दिरको पश्चिम पट्टीको साइडबाट चुरे गाउँपालिकासङ्ग समन्वय गरी चुरे क्षेत्र सम्म ट्रेकिङ, क्याम्पिङ्ग, र सम्भव भए प्याराग्लाडिङ्ग्को समेत अध्ययन गर्नेछौ ।

घोडाघोडी ताल क्षेत्र सहित अन्य १४ वटा तालमा लोपोन्मुख राजलाचे चरा, हरिहाँस, धनेष, बन धान, सालक, अजिङ्गर तथा १६४ को सङ्ख्यामा गोही लगायतका अन्य जीवजन्तु तथा नगरपालिकामा भएका मठ मन्दिरहरूको संरक्षण गरी नगरपालिकाको आयस्रोत र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने चौधरीले बताए । साथै चोरी सिकारी नियन्त्रण गर्नको लागि सबैलाई जनचेतनाको कार्यक्रमहरू गर्ने समेत उनले जानकारी दिए ।

गत वर्षमा ८० हजारले गरे अवलोकन

विश्व सिमसार क्षेत्रमा सुचिकृत तालको बारेमा अन्तरक्रिया कार्यक्रममा पत्रकार हरूलाई जानकारी दिँदै नगर प्रमुख चौधरीले आर्थिक वर्ष ०७४/०७५ वैशाख सम्ममा ८० हजार पर्यटकले टिकट लिएको बताए ।उनले भने भारतीय क्षेत्र बाट तथा आन्तरिक पर्यटकहरू बढी अवलोकन गर्न आउछ्न , भारतीय पर्यटक बाहेक २३० जना विदेशी पर्यटकहरूले अवलोकन गरेका छन् ।