घोडाघोडी नगरपालिका अब बिहान ७ देखी साँझ ७ बजे सम्म सञ्चालन  - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घोडाघोडी नगरपालिका अब बिहान ७ देखी साँझ ७ बजे सम्म सञ्चालन 



जीवन विष्ट/सुखड
घोडाघोडी नगरपालिकामा सेवाग्राहीको चाप बढ्न थालेको छ । आर्थिकवर्ष सकिन २ महिना मात्रै बाकी रहेका वेला विभिन्न प्रयोजनका कामका लागी नगरपालिकामा सेवा ग्राहीहरुको चाप बढ्न थालेको हो ।

घोडाघोडी नगरपालिकामा दिनहुँ हुने काम सँगै चालु आर्थिक वर्ष २०७४÷०७५को हालसम्म भएका कामहरूको अनुगमन तथा रकम भुत्तानि भइरहँदा घोडाघोडी नगरपालिकाका कर्मचारी तथा जन प्रतिनिधिहरूलाई कामको चटारो परेको छ ।

नगरपालिकामा सेवाग्राहीको अत्यधिक चाप बढेसँगै घोडाघोडी नगरपालिका बिहान ७ बजे देखी साँझ ७ सम्म सम्म संचानल हुने नगरपालिकाका सूचना अधिकृत उमेश राज रेश्मीले जानकारी दिए । नगरपालिकामा योजनाको काम बिहान १० बजे देखी साँझ ५ बजेको समय भित्र नसकिने हुँदा समय बढाएको उहाँले बताए ।