घोडाघोडी क्षेत्रमा छोडिएको अजिङ्गरलाई देउता भन्दै पुजा गरेपछि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडी क्षेत्रमा छोडिएको अजिङ्गरलाई देउता भन्दै पुजा गरेपछि



हिमाल पोस्ट 
सुखड , कैलाली । कैलालीको घोडाघोडी ताल क्षेत्रमा देखा परेको अजिङ्गरलाई देउताको नाममा पुजिदै छ ।
घोडाघोडी क्षेत्रमा रहेको रुइनिको रुखमाथी एक महिनादेखी अजिङ्गर बसिरहेको छ ।

कैलालीको घोडाघोडिनगरपालिका -४ माघिमा रहेको पसुपती प्रस्ताबित सामुदायिक बनबाट उद्दार गरि ल्याइएको सो अजिङ्गरलाई घोडाघोडी तालक्षेत्रमा छोडिएको थियो । इलाका बन कार्यालय सुखड र स्थानियको रोहबरमा मसिंरको महिना अजिङ्गरलाई ताल क्षेत्रमा छोडिएको हो ।

ताल क्षेत्रमा छोडिएको अजिङ्गर शिवरात्रीको दिन देखि नै रुखमा देखिएपछी स्थानिय भने देउताको रुप भन्दै पुज्दै आएका छ्न ।

५ किलो ७०० ग्राम तौल रहेको अजिङ्गर बसेको रुख मुनि सिला ,घन्ट, ध्वजा राखी स्थानिय ८८ वर्षिय पुजारी चन्द्र दत्त सापकोटा देउताको रुपमा पुजा गर्दै आएका छ्न । स्थानिय बासिन्दाहरु पनि देखा परेको अजिङ्गरलाइ भगवानको रुपमा उत्पन्न भएको भन्दै पुजा तथा दर्शन गर्न आउने गरेका छ्न ।

यता बन विशेषज्ञ डा. राजेन्द्र के सि ले अजिङ्गर जात एकदमै अल्छी हुने भएकाले खाने आहारा ढुकेर बस्दा महिनौ सम्म एकै स्थानमा बस्ने गरेको बताए । उनले भने, ” यसलाइ देउताको रुपमा नलिइ सामान्य रुपमा लिनुपर्छ । अजिङ्गरले एक पटक खाना खाएपछी लामोसमय सम्म खाना नखाएर बस्न सक्ने भएकाले रुखमा बसिरहेको उनले बताए ” । अजिङ्गर आहार बिहारका लागि आफै रुखमा चड्ने झर्ने पनि गर्छ्न ।