विश्वकप: जर्मनीका टोनी क्रुसले खेल र इज्जत दुवै बचाए - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विश्वकप: जर्मनीका टोनी क्रुसले खेल र इज्जत दुवै बचाए



काठमाडौं । विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २-१ ले हराएको छ । जर्मनीलाई जित दिलाउनका लागि मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे ।

स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो ।

जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रोयसले बराबरी गोल गरे । जर्मनीको टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी जोगिएको हो । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भयो ।

२ खेलबाट अहिले जर्मनीको ३ अंक रहेको छ भने स्वीडेनको पनि ३ अंक नै रहेको छ । मेक्सिकोको ६ अंक रहेको छ भने दक्षिण कोरिया अंक विहीन रहेको छ ।