जर्मनीमा पहिलो पटक किरांत राई समुदायले उभौली (साकेला) पर्व मनाए। - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जर्मनीमा पहिलो पटक किरांत राई समुदायले उभौली (साकेला) पर्व मनाए।



गत आइतबारको दिन जर्ननीको फ्रांकफोर्टमा किराँतराई समुदायले आयोजना गरेको उभौली पर्व (साकेला) भव्यताका साथ सम्पन्न भएको छ। किरात राई समुदायले आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा साकेला मनाउँदै आएका छन्। गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो मौसम सुरुभएसँगै जाडो छल्न बेंसी झर्ने आफ्ना पितृहरुको सम्झनामा साकेला मनाउने गरिन्छ। बाली नाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला मनाउने गरिन्छ।

यस कार्यक्रमका अथिति गैर आवासीय नेपाली संघ जर्मनीका अध्यक्ष विजय मोक्तान थिए।मोक्तानले शुभकाना आदान प्रदान गर्दै भने नेपाल बहु भाषी बहु संस्कृति भएको बहु जातजातीय सदियौ देखि मिलेर बसेको हिमाल पहाड र तराइको भौगोलिक बनावटले बनेको सुन्दर शान्त विशाल मुलुक नेपाल हो भने हाम्रो बिबिताको एकता नेपाली हाम्रो पहिचान हो भन्नु भएको छ। गैर आवासीय संघ जर्मनी नेपाली चाड पर्ब र कला तथा संस्कृतिको प्रबर्धनको लागी सधै कटिबद्ध भएर अगाडी बढने बताए।

कार्यक्रममा विशिष्ट बक्तित्वहरु गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक जिवा लामिछाने, गरै-आवसीय नेपाली संघ जर्मनीका संरक्षक श्याम खनाल, सल्लाहकार सानु गुरुङ , गैर आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङ, एलसिसी हेसनका संयोजक राज कुमार खडका गैर आवासीय नेपाली संघ जर्मनीका कोषाध्याक्ष निम्मा राई , सदस्य करुना राई, मेनका त्रिपाठी ,समाज सेवी डा बिजय मल्ल , पत्रकार हिरा लाल श्रेष्ठ र बेल्जियमबाट किरात युनाइटेड सोसाईटीका प्रतिनिधी मुना राई र साथीहरुको उपस्थित रहेको थियो । जर्मनी बाट लाली गुरास परिवार का पूर्व अध्यक्ष डोर बहादुर गुरुङ , नेपाल देखी पाल्नु भएका नेका युबा नेता बाबु राजा चित्रकार , लगाएत जर्मनीका टाढा टाढा शहरहरुबाट पनि बाक्लो उपस्थिती रहेको थियो । बिशेष गरी नेपाली नेपालीहरुले यस कार्यक्रमबाट एकले अर्कोलाई चीनजान गर्ने सुबर्ण अवसर पाएको स्थानिय कार्यक्रम आयोजक सदस्य मणी राई ले बताए।

सम्पूर्ण उपस्थित पाहुना महानुभावहरू सबैमा कार्यक्रम आयोजक दिल्ली राई ले स्वागत गर्दै भुमी पूजा को बारेमा प्रकाश परेका थिए भने कार्यक्रम सन्चालन एल सि सि हेसन सचिब एबम कार्यक्रम सम्योजक सदस्य ज्योति राई ले गरेका थिए।

यस कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने स्वयम सेवक किरात राई समुदायका नाना दाजुहरु डिल्ली राई ,मणी राई,सन्तोष राई , ज्योति राई , राजिब राई ,सानु गुरुङ ॠषि राई ,संगु राई , लीला राई गुरुङ , करुना राई , जय लक्ष्मी राई ,छिरिङ्ग राई गुरुङ, सुलता राई, प्रिती राई हेन्खाम्मा राई थिए भने सह भूमिका निभाउनु भएका एन आर एन एल सि सि हेसेनका सम्योजक राज कुमार खड्का रहेका थिए।

यो पहिलो पटक नै कार्यक्रममा सबै जातजातीहरु सहभागी सहयोग रहेकोमा खुशी ब्यक्त गर्दै आगामी दिन मा अज ब्यबस्थित तरिकाले आयोजना गरी यस लाई निरन्तरता दिने एन आर एन ए जर्मनीका कोषा अध्यक्ष तथा कार्यक्रम आयोजक सदस्य निनाम्मा राई ले बाताए।