विश्वविजेता जर्मनीलाई मेक्सिकोले हरायो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विश्वविजेता जर्मनीलाई मेक्सिकोले हरायो



एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा मेक्सिकोले जित हात पारेको छ । विश्वविजेता जर्मनी मेक्सिकोसँग १–० गोलअन्तरले पराजित भएको हो ।

मेक्सिकोले उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीमाथि जित दर्ता गाएको हो । मेक्सिकोका लागि हिर्भिङ लोजानोले गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा गोल गर्दै मेक्सिकोले अग्रता लिएको हो । जर्मनीको फितलो डिफेन्स लाइनको मौकाको फाइदा उठाउदै मेक्सिकोका लोजानोले गोल गरेका थिए ।

जर्मनीले र मेक्सिकोले पहिलो हाफमा निकै आक्रमक खेल खेलेका थिए । सुरुवाती समयमा नै मेक्सिकोका खेलाडीले प्रहार गरेको बललाई जर्मनीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । जर्मनीका खेलाडीले पनि केही उत्कृष्ट प्रहार गरेका थिए तर, मेक्सिकोका गोलरक्षक बाधक बनेका थिए ।

ad ad
दोस्रो हाफमा दुबै टिमले गोल गर्न सकेनन् । पहिलो हाफको तुलनामा दोस्रो हाफमा आक्रमक खेलेपनि जर्मनीले गोल गर्न भने सकेनन् । पहिलो खेलमा नै मेक्सिकोसँग पराजित भएपछि जर्मनीले अब अन्तिम १६ मा स्थान बनाउनका लागि दक्षिण कोरिया र स्वीडेनलाई पराजित गर्नै पर्ने हुन्छ । मेक्सिकोलाई भने अन्तिम १६ मा पुग्नका लागि केही सहज बनेको छ ।