गजल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गजल



डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

अनुहार सफा मनका काला
हाेला तिनकाे कस्तो चाला

सिद्धान्त यही लागु छ जगमा
जसले सक्ला उसले खाला

देख्दिनँ लाउन लायक काेही
कसका लागि ल्यायौ माला

पर्दा बाहिर शङ्खघण्ट छन्
देवधाममा भित्र छ भाला

तिर्खाएका खेतहरू छन्
हेरिरहेछन् खाेलानाला

मुसाहरूकाे चुरीफुरी छ
शक्तिहीन छन् आज बिराला

सूत्र -22.22, 22.22(16 मात्रा )
मात्रा मिलावट र चढावटकाे प्रयोग