गजल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गजल



म हर्षले अधर चुमौं नजर लजाउनू तिमी
हिडौं मिलेर पासमा म सँग आउनू तिमी ।

म झर्किए नि, प्यारले नयन जुधाउँला प्रिय
समीपमा बसी कुनै कथा सुनाउनु तिमी ।

नजिक भएर बस्न मन छ हरघडी हरेक पल
म दु:खमा हुँदा सधैँ सधैँ हँसाउनू तिमी ।

बिताउला म जिन्दगी सयौँ सदी तिमीसँगै
हरेक दिन हरेक क्षण म मा रमाउनू तिमी ।

म बर्षिनेछु साउने झरी बनी सदा सदा
बनेर भेल प्रेमको सयर गराउनु तिमी ।

मनोज मनसुन
स्याङ्जा, हाल : युएई