गजल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गजल



बिर्खमानले घर छोड्यो साँझ भएपछि
बूढाबूढी र केटाकेटीहरूको माझ भएपछि

युवाहरू कोही खाडी त कोही सहर गए
बेरोजगार भई गाउँमा बस्न लाज भएपछि

सहर पसेको बिर्खमान के टिक्थ्यो र त्यहाँ
त्यो पापी सहरमा धनीमनीहरूकै राज भएपछि

पैसा कमाउन खाडीतिर भासिएको बिर्खे
भोक-भोकै भयो दलाली धोके बाज भएपछि ।

दिनेश पौडेल रत्ननगर चितवन ।