सर्जक दीपक कडेलको बाँस भट्टी तिर ।भिडियो हेर्नुस् । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सर्जक दीपक कडेलको बाँस भट्टी तिर ।भिडियो हेर्नुस् ।



ओम प्रकाश बानियाँ /दोहा, कतार

दीपक कंडेलको नयाँ सन्देश मुलुक गीत भट्टि तिरै बास सार्वजनिक भएको छ । जापान मै रहेर पनि गीत सङ्गीतमा कलम चलाइरहने सर्जक दीपक कंडेल यस अगि थुप्रै गीतमा कलम चलाई सकेका छन् । हिरा मोती , कठै मेरो जुनी, प्रदेश तिरै गयो , पैसा , बिस ,टोकियो को रोधि घरैमा जस्ता चर्चित गीत हरू सार्वजनिक गरी सकेका छन् ।

सधैँ परदेशीका पिडा गीत मार्फत उतार्ने दीपक कंडेलले यस पालि छुट्टै गीत सिर्जना गरेका छन् ।कुलतमा फसेका युवाहरू को कथालाई यस गीत मार्फत देखाउन खोजेको छ ।

गीतमा प्रशान्त पौडेलले लय, तेजश रेग्मी र प्रशान्त पौडेलको आवाज रहेको छ भने सो गीतमा सुरविर पण्डित ,कृष्ण आचार्य , सुवास कंडेल , महेन्द्र कंडेल र मेलिना ठकुरिको अभिनय रहेको छ । प्रेम थापा को निर्देशनमा रहेको सो गीतलाई दीपिका म्युजिकले बजार व्याबस्तापन गरेको छ ।