गायक वैकुण्ठ महत र गायिका मुना थापाको अावजमा सालैजो गीत “काफलु जस्तै ”सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गायक वैकुण्ठ महत र गायिका मुना थापाको अावजमा सालैजो गीत “काफलु जस्तै ”सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे

चर्चित लोकदोहोरी गायक वैकुण्ठ महतको नयाँ सालैजो गीत ‘काफलु जस्तै ’ बजारमा आएको छ । उक्त गीतमा स्वर सङ्गीत स्वयम् वैकुण्ठकै रहेको छ भने गायनमा उनलाई मुना थापा मगरले साथ दिएकी छन् । गीतमा शब्द भने प्रल्हाद सुवेदिको रहेको छ ।

विगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा लागिपरेका गायक महत सालैजो गीतको विषयमा यसो भन्छन् सार्वजनिक भएको सालैजो मौलिक गीत भएको र मौलिक सृजनालाई सम्मान गर्नु सबै नेपालीको दाहित्व हो पक्कै पनि मेरो अरू सृजनाहरुलाई दर्शक श्रोताले मन पराई दिनु भएको छ यो सालैजो गीतलाई पनि माया गर्दिनु हुन्छ भने आशा गरेको छु ।

यस लगत्तै उनले पछिल्लो समय चर्चामा रहेको गीत मादलको भिडियो सार्वजनिक गर्ने तयारी भएको हामी सँगको कुराकानीमा बताए ।
सालैजो गीत कुमार के.सीको निर्देशनमा तयार भएको भिडियोमा अभिनय गायक तथा मोडल प्रकाश सपुत र चेतना थापाको को रहेको छ ,अजय रेग्मीले भिडियो छायांकन गरेका छन् भने अनुप सिवाकोटिको सम्पादन रहेको छ ।गीतलाई बिन्ध्यवासिनी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।