गायक बद्रि पंगेनीलाई ज्यान मार्ने धम्की ! - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

गायक बद्रि पंगेनीलाई ज्यान मार्ने धम्की !



काठमाडौं: हिजो सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितिको पहिलो अधिवेशनमा अध्यक्षका प्रत्यासी उम्मेदवार कमल विष्टलाई हराउन भूमिका खेलेको र चुनावमा असहयोग गरेको भन्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा चर्चित गायक बद्रि पंगेनीलाइ ज्यानमार्ने धम्की आएको छ बताएका छन् ।

गएराती करिब साढे १ बजे ९८५११८४८४७ नम्बरको मोबाइलबाट फोन गरेर पंगेनीलाई धम्की दिएको  कुरा पंगेनीले बताएका छन् । “तलाई बाच्न मन छ कि छैन कहाँ छस् ” भन्दै धम्की दिएको र पछि आफ्नो नाम समेत बताएको मान्छे आफू चुनावमा कुनै पदकोलागि उम्मेदवार नभएको,तर कमल विष्टको सहयोगी खगेन्द्र सुनार भएको बुझिएको छ । धम्किवालाले राति धम्काउनको लागि प्रयोग गरेका सबै मोबाइलहरू अहिले स्विच अफ गरिएको बताए ।

पंगेनीले घटना पश्चात् आफूले दरबारमार्गमा गएर प्रहरीलाई निवेदन दिएको र  बिहान आफूलाई धम्किवालाबाट sorry भन्ने  म्यासेज आएको बताए ।अब माफी दिनुहुन्छ त या दिनुभयो ? भन्दा यो विषय व्यक्तिगत नभई संस्थागत भएकोले प्रतिष्ठानको बैठक बसेर यस सम्बन्धमा संस्थाको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै हिजोको अधिवेशनमा आफू उपस्थितसमेत नभएको उनले बताए ।

गायक बैकुण्ठ महतको सहयोगमा ।