गौरिगङ्गा नगरपालिकामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गौरिगङ्गा नगरपालिकामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत



घनश्याम पौडेल / मसुरिया ।

गौरीगंगा नगरपालिकाको आथिर्क वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिएको छ ।

चौथो नगरसभामा उप-प्रमुख अञ्चला चौधरी आ.व.०७५/०७६ को लागि संघीय सरकारबाट प्राप्त ४९ करोड १० लाख ७४ हजार, प्रदेश सरकारबाट प्राप्त १ करोड २६ लाख २० हजार र आन्तरिक तर्फको ३ करोड ५० लाख २० हजार गरि कुल बजेट ५३ करोड ८७ लाख ७४ हजारको आम्दानी स्रोत विवरण प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाको पूजीगत खर्च २६ करोड ३१ लाख ७४ हजार, सशर्त अनुदान १३ करोड १० लाख, सामाजिक सुरक्षा ८ करोड ६० लाख र चालु खर्च ५ करोड ९५ विनियोजन गरिएको छ । तर कुल बजेट खर्च विनियोजन गरिएको बजेट ५३ करोड २ लाख ६९ हजार रहँदा ८५ लाख ५ हजार कहाँ र कुन शिर्षकमा छ भन्ने खुलाइएको छैन ।