गणेशमानको छोरो हुँ, पार्टीको आन्तरिक चुनावमा अहिलेसम्म हारेको रेकर्ड छैन, हार्दिनँ : प्रकाशमान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गणेशमानको छोरो हुँ, पार्टीको आन्तरिक चुनावमा अहिलेसम्म हारेको रेकर्ड छैन, हार्दिनँ : प्रकाशमान



ठकुरीको छोरो हुँ, कि कांग्रेसको एक छत्र नेता हुन्छु, कि ढाक्रे बनेर बस्छु, तर लुते भएर पछि हट्दिनँ : देउवा

विन्दुकान्त घिमिरे

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेर संसदीय दलको नेतामा चुनाव जित्ने घोषणा गरेका छन् । महामन्त्री कोइरालाले बुधबार आफ्नो निवास टोखामा पार्टीका सांसद तथा केन्द्रीय सदस्यका निम्ति आयोजित दिवा भोजमा पुगेर देउवाले दलको नेता आपैmँ हुने घोषणा गरेका हुन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि यही १८ फाुगनमा निर्वाचन कार्यतालिका प्रकाशन, २० फागुनमा उम्मेदवारी दर्ता र २१ फागुनमा निर्वाचन गर्ने कार्यक्रम रहेको छ । २१ फागुनमा संसदीय दलको निर्वाचन हुने गरी मिति तोकिएपछि कांग्रेसभित्र रस्साकस्सी सुरु भएको छ । पूर्वउपसभापति तथा जनआन्दोलन ०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंहका छोरा तथा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पनि कोइराला निवासमै उम्मेदवारी घोषणा गरिसकेका छन् । संसदीय दलभित्रको गणितमा सिंहभन्दा सभापति देउवा करिब १० भोटले अघि छन् । तर, गोप्य मतदान हुने भएका कारण देउवाले चुनाव जित्ने सुनिश्चितता भने छैन । यो अवस्थामा महामन्त्री डा. कोइरालाको भूमिका निर्णायक हुने अनुमान कांग्रेसका सबै नेताले गरेका छन् ।

सभापति पदमा आसिन नेता देउवा यस्तो धुर्मुरको अवस्थामा चुनाव लड्दा पार्टीलाई नोक्सान पुग्ने राय शुभचिन्तकहरूले दिँदादिँदै पनि चुनाव लड्न अग्रसर हुनुलाई रहस्यमय मानिएको छ । महामन्त्री डा. कोइराला तटस्थ देखिए पनि उनको भित्री सहयोग देउवालाई रहने आँकलन एक थरी कांग्रेसीजनको छ । आगामी महाधिवेशनमा महामन्त्री कोइरालालाई सभापति र आफ्नी पत्नी आरजु राणालाई महामन्त्री बनाउने गरी देउवाले सहमति गरिसकेको निकट स्रोतको दाबी छ

सर्वसम्मत हुने अवस्थामा मात्रै आफू उम्मेदवार बन्ने घोषणा महामन्त्री कोइरालाले यसअघि नै गरिसकेका छन् । सभापति पदमा आसिन नेता देउवा यस्तो धुर्मुरको अवस्थामा चुनाव लड्दा पार्टीलाई नोक्सान पुग्ने राय शुभचिन्तकहरूले दिँदादिँदै पनि चुनाव लड्न अग्रसर हुनुलाई रहस्यमय मानिएको छ । महामन्त्री डा. कोइराला तटस्थ देखिए पनि उनको भित्री सहयोग देउवालाई रहने आँकलन एक थरी कांग्रेसीजनको छ । आगामी महाधिवेशनमा महामन्त्री कोइरालालाई सभापति र आफ्नी पत्नी आरजु राणालाई महामन्त्री बनाउने गरी देउवाले सहमति गरिसकेको निकट स्रोतको दाबी छ । यता पौडेल पक्षले भने महामन्त्री कोइरालाको साथ सहयोग सिंहलाई नै रहने बताउँदै आएको छ ।

यस विषयमा केही सांसदहरूले जिज्ञासा राख्दा वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘महामन्त्री कोइराला देउवातिर लागेका छैनन्, तपाईंहरू ढुक्क हुनोस्, उनकै निवासबाट र उनैको मुखबाट प्रकाशमानको उम्मेदवारी घोषणा हुनेछ ।’ तर होली पर्वको अवसर पारेर महामन्त्री कोइरालाले बोलाएको भेलामा देउवाले नै पहिले संसदीय दलको नेतामा उम्मेदवार घोषणा गरे । कांग्रेस निकट स्रोतका अनुसार महामन्त्री कोइराला प्रकाशमानको पक्षमा नखुलेकै कारण वरिष्ठ नेता पौडेलले देउवाविरुद्ध पत्र बम सार्वजनिक गरेका हुन् ।

‘पौडेलले यो पत्र बम प्रहार नगरेको भए महामन्त्री कोइरालाका लागि देउवाले छाड्ने संभावना थियो, तर यो पत्र बमका कारण देउवा पछि हट्ने अवस्था रहेन,’ देउवा पक्षीय एक नेताले भने, ‘देउवा पक्षका नेताहरू पनि आममतदाता र कार्यकर्ताहरूमा पार्टी र पार्टी नेतृत्वप्रति सकारात्मक सन्देश प्रवाह हुने गरी सभापति देउवालाई संसदीय दलमा उम्मेदवार नबन्न मनाइरहेका बेला अचानक सार्वजनिक भएको पत्रले इगो मात्र बढायो ।’

संसदीय दलको नेता चुनिन कम्तिमा ३२ भोट चाहिन्छ । त्यो संख्या देउवासँग छ । तर, गोप्य मतदान हुने भएका कारण यसै भन्न सकिने अवस्था कांग्रेसभित्र रहन्न भन्ने कुरा विगतका निर्वाचनले पुष्टि गरिसकेको छ । उदाहरणका लागि ०६३ सालमा संसद पुनःस्थापना हुँदा देउवाको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा ४१ जना सांसद थिए । संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध खडा भएका विजयकुमार गच्छदारलाई प्रस्तावक र समर्थक जुटाउन धौ–धौ परेको थियो । तर, चुनावी परिणाम आउँदा देउवाले ५ भोटले मात्रै जिते । गच्छदारले १८ भोट ल्याए भने देउवाले २३ । गच्छदारले तीन भोट मात्रै तानेको भए देउवा समाप्त हुने अवस्था देखिएको थियो । यतिवेला पनि देउवा पक्षमा निकै ठूलो असन्तुष्टि छ

पौडेलको पत्रपछि देउवाले अब नछाड्ने निर्णय सुनाएको एक नेताले बताए । पत्रपछि आफ्ना निकटस्थसँग देउवाले भनेका छन्, ‘ठकुरीको छोरो हुँ, कि कांग्रेसको एक छत्र नेता हुन्छु, कि ढाक्रे बनेर बस्छु तर लुते भएर पछि हट्दिनँ ।’ पूर्वउपसभापति प्रकाशमानले पनि पछि नहट्ने घोषणा गरिसकेका छन् । ‘गणेशमानको छोरो हुँ, पार्टीको आन्तरिक चुनावमा अहिलेसम्म हारेको रेकर्ड छैन ।’ कांग्रेसबाट चुनावमा प्रत्यक्षतर्फ निर्वाचित २३ सांसदमध्ये देउवाको पक्षमा ६ जना छन् । समानुपातिकतर्फको ४० मा भने देउवा पक्षमा ३० जना छन् ।

संसदीय दलको नेता चुनिन कम्तिमा ३२ भोट चाहिन्छ । त्यो संख्या देउवासँग छ । तर, गोप्य मतदान हुने भएका कारण यसै भन्न सकिने अवस्था कांग्रेसभित्र रहन्न भन्ने कुरा विगतका निर्वाचनले पुष्टि गरिसकेको छ । उदाहरणका लागि ०६३ सालमा संसद पुनःस्थापना हुँदा देउवाको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा ४१ जना सांसद थिए । संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध खडा भएका विजयकुमार गच्छदारलाई प्रस्तावक र समर्थक जुटाउन धौ–धौ परेको थियो । तर, चुनावी परिणाम आउँदा देउवाले ५ भोटले मात्रै जिते । गच्छदारले १८ भोट ल्याए भने देउवाले २३ । गच्छदारले तीन भोट मात्रै तानेको भए देउवा समाप्त हुने अवस्था देखिएको थियो । यतिवेला पनि देउवा पक्षमा निकै ठूलो असन्तुष्टि छ ।

मतदान गोप्य हुने भएकोले देउवा ढुक्क देखिएका छैनन् । यसैगरी ०५८ सालमा देउवा र सुशील कोइराला प्रतिस्पर्धा गर्दा पनि त्यस्तै अवस्था थियो । त्यतिवेला कोइराला पक्षमा ७२ सांसद र देउवा पक्षमा ४३ सांसद देखिएका थिए तर चुनावी परिणाम ठीक उल्टो आयो । देउवाले ७२ भोट ल्याए भने कोइरालाले ४३ । गोप्य मतदानमा जे पनि हुन्छ भन्ने कुरा कांग्रेसभित्र यसअघि पनि पटकपटक प्रमाणित भएको छ । यतिवेला देउवा पक्षमा देखिएका ३६ मध्ये सिटौला र गच्छदारका तीन-तीन जना र खुमबहादुरका दुई जना छन् ।

चुनाव जित्ने सुनिश्चित नभए पार्टी सभापति मैदानमा उत्रनु हुन्न भन्ने तर्क देउवा समूहमा निकै बलियो छ । तर, उम्मेदवार नबन्नु र चुनाव हार्नु उस्तै–उस्तै भएका कारण कुनै हालतमा चुनाव लड्नै पर्ने तर्क गर्नेहरू पनि देउवा समूहमा छन् । महामन्त्री डा. कोइराला अघि सरेको भए देउवालाई चुनाव जित्न निकै भारी हुने अवस्था थियो । तर, प्रकाशमानलाई सिटौला समूहले साथ दिने संभावना छैन ।

मतदान गोप्य हुने भएकोले देउवा ढुक्क देखिएका छैनन् । यसैगरी ०५८ सालमा देउवा र सुशील कोइराला प्रतिस्पर्धा गर्दा पनि त्यस्तै अवस्था थियो । त्यतिवेला कोइराला पक्षमा ७२ सांसद र देउवा पक्षमा ४३ सांसद देखिएका थिए तर चुनावी परिणाम ठीक उल्टो आयो । देउवाले ७२ भोट ल्याए भने कोइरालाले ४३ । गोप्य मतदानमा जे पनि हुन्छ भन्ने कुरा कांग्रेसभित्र यसअघि पनि पटकपटक प्रमाणित भएको छ । यतिवेला देउवा पक्षमा देखिएका ३६ मध्ये सिटौला र गच्छदारका तीन-तीन जना र खुमबहादुरका दुई जना छन्

सिटौला र प्रकाशमानको संबन्ध राम्रो छैन । संसदीय दलमा सिटौलाका तीन जना छन् । जसमध्ये सिटौलाले निर्देशन दिएमा गगन थापा र उमाकान्त चौधरीले प्रकाशमानलाई मत दिन सक्छन् तर भीमसेनदास प्रधानले भने कुनै हालतमा पनि प्रकाशमानलाई मत दिने संभावना छैन ।

यसैगरी विजय गच्छदारसँगको तीन भोट र खुमबहादुर खड्कासँगको दुई भोट पनि अर्थपूर्ण छन् । कोइराला परिवारले प्रकाशमानलाई हार्दिक रूपमा साथ दिँदैन, त्यसैले तपाईंले चुनाव जित्नुहुन्छ भन्दै देउवालाई उकास्नेहरूको पनि कमी छैन । सौर्य दैनिक