गुण्डा नाइके गणेश लामा पक्राउ, गौशालामा गोलि चल्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुण्डा नाइके गणेश लामा पक्राउ, गौशालामा गोलि चल्यो



काठमाडौं-

गौशालास्थित पशुपति भिजनमा गोली चलेको छ ।

गोली चले लगत्तै प्रहरीले गुण्डा नाईके गणेश लामालाई पक्राउ गरेको छ ।

उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोख्रेलले पुष्टि गरे।

एसएसपी पोखरेलले हिमालपोष्टलाई बताए अनुसार गोलि चलेको थाहा पाउनासाथ प्रहरी घटनास्थल पुगेको र गणेश लामालाई पक्राउ गरेको हो । घटनामा कोहिपनि हताहत नभएको पनि बताए ।

लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।