गाई ! म दूध र मुत खान्छु , तिमी मासु खाऊ तर समाज नभाँड ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गाई ! म दूध र मुत खान्छु , तिमी मासु खाऊ तर समाज नभाँड !



दीपक घिमिरे

पछिल्लो समय सामाजिक सञ्जाल मासुको विषयलाई लिएर भरिए । कसैले मासु खान पाउनु पर्छ भन्दै रोईलो गरेर सामाजिक सञ्जाल भरे त कसैले अहँ ! खान पाउँदैनौ भन्दै सामाजिक सञ्जाल भरे । वादविवाद यति सम्म चर्कियो कि मासुको विषयलाई जातीयता सम्बन्धी मुद्धामा पुर्‍याए ।

प्रदेश सभाको उपसभामुख जस्तो हैसियत पदमा बसेर सानो कुरालाई लिएर संसद्को मुद्दा बनाएको एक थरीले मन पराएनन भने अर्को थरीले उपसभामुखको वाहवाही मच्चाईदिए । जसले गर्दा सामाजिक सञ्जालमै पक्ष र विपक्ष जन्मिए । कसैले गाईलाई भगवान् भने , अनि कसैले आहारा ।

मासु खान पाउनु पर्छ । म गाई खानेलाई छि छि अनि नखाने लाई आहा भनेर भन्दैन तर एउटाले खादा अर्कोले नाक थुनेको हाम्रो समाजले मनपराउदैन र भोलि त्यही विषय जातीय द्वन्द सम्म पुग्न सक्छ । हाम्रो समाज परापुर्व कालदेखि मिलेर बसेको समाज हो । एउटा धर्म भित्रको मात्र कुरा होइन , हिन्दुका हरेक चाडमा मुस्लिम अनि कृश्चियन रमाउने अनि मुस्लिम र कृश्चियनका पर्वमा हिन्दु रमाउने समाज हो । यस्तो समाजमा बसेका हामी एउटै धर्म भित्रका जात जाती मासुको विषयमा लडेको पटक्कै सहन सक्दैनौ ।

त्यो बेलाको नेपाली समाजको कल्पना गरौँ त ! छिमेकमा बिहे थियो । सम्पूर्ण तयारी गरेको अन्तिम अवस्थामा छिमेकी घरको छोरा बाइक दुर्घटनामा पर्‍यो अनि एउटा घरमा रुवाबासी चल्दा अर्को घरमा पञ्चेबाजा बज्न सकेन । अनि बिबहा स्थगित भयो । यही कुरालाई मनन गर्ने हो भने हाम्रो समाजमा गाई काटिँदैन , पुजिन्छ । हरेक गाउँ टोलमा गाई खाने परिवार होलान् तर नखाने परिवारले पूजा गरेको देख्यो भने उ लुकेर खाला तर खुल्लम खुल्ला चोकमा गाई ढाल्न सक्दैन किनकि उ सामाजिक सद्भाव खल्बल्याउन चाहँदैन ।

मुस्लिम बाहुल्य भएको मध्यपुर्वमा हाम्रा लाखौँ नेपाली रोजगारीको सिलसिलामा बस्छन । उनीहरूलाई एउटा कुरा थाहा छ कि मुस्लिम व्रत बसेको बेला एउटा मुस्लिमकै अगाडी नेपाली हिन्दुले पानी सम्म खाँदैन किनकि धार्मिक सहिष्णुता खल्बल्याउन नेपाली चाहँदैन । त्यो करकाप ले होइन , आफ्नो उत्तरदायित्व हो ।

मुस्लिम चाडपर्वमा पर्ने रमजान एक महिना चल्छ । एक महिना सम्म हरेक मुस्लिम दिनभर पानी सम्म नखाएर बस्छन । त्यति बेला हरेक नेपाली लुकेर पानी खान्छन अनि लुकेरै खाना । मुस्लिम भोकै बस्दा नेपाली पनि भोकै बस्नु भन्ने उर्दी त्यहाँको सरकारले जारी गरेको हुँदैन तर नेपालीले धार्मिक सहिष्णुता देखाउछन , मुस्लिमको व्रतमा उसलाई अप्ठ्यारो पर्ने काम गर्दैनन ।

यहाँ निर के बुझ्नु पर्‍यो भने छिमेकीले गाईलाई ढोग्दै गर्दा पल्लो घरमा गाई काटेर मासु भाग लाउँदै गरेको अलिकति सहनसिल हुँदैन । खाऊ , खान पाउने अधिकार छ तर धार्मिक सहिष्णुतालाई ख्याल गर्देउ भन्ने आशय मात्र हो ।

सुङ्गुरको मासु नखाने र सुङ्गुरको मासु माथि कडा प्रतिबन्ध लगाएका मुस्लिम देशहरूले समेत अरू धर्म मान्ने मानिसहरूका लागी सुङ्गुरको मासु खाने अधिकार दिएको छ । धार्मिक सहिष्णुता नखल्बलियोस भनेर सुङ्गुर खानेहरुले सुटुक्क किन्छन अनि सुटुक्कै पकाउछन ।

हाम्रो देश हिन्दु बाहुल्य देश हो । धर्म-निरपेक्षता भए सँगै यहाँ कुन धर्म ठुलो या कसको हैकम चल्ने भन्ने नीति नियम छैन । तर यस्तो छैन भन्दैमा अरूको धर्ममा आँच आउने गरी कोही बोल्नु पनि ठिक होइन । गाई पुज्नेले पुज्दै गर्छ , खानेले पेटभरि खादा कुनै आपत्ति छैन तर कमसेकम अर्काको धार्मिक सहिष्णुतालाई कुल्चेर चैँ पक्कै होइन । भोलि यही विषयले समाज भाडन बेर लगाउँदैन ।

हिन्दु समाजले गाईको मासु लाई दुई तरिकाले खान सक्दैन । एउटा हो धार्मिक कारण । जहाँ सदियौ देखि हामी गाईलाई लक्ष्मीको रूपमा मान्दै आएका छौ । भगवान् मानेर पूजा गर्छौ । परापुर्व काल देखि त्यस्तो मानसिकतामा बस्दै आएका हामी एक्कासि गाई काट्ने नीति बन्नु पर्छ भन्दा नभडकिने कुरै भएन । फेरी हामी गाईको दूध खाएर हुर्केका मान्छे , मनले मान्दैन मासु खान ।

अर्को कारण चैँ गाई हाम्रो राष्ट्रिय जनावर पनि हो । गाई संरक्षण गरौँ भन्ने नारा एकातिर घन्किदै गर्दा राष्ट्रिय जनावरलाई नै काटेर खाने नीति कसरी बानाउन सकिएला र ?

हो ! गाई काटेकै आरोपमा नेपाली गिरफ्तार हुनु चैँ स्वागत योग्य होइन । खानेहरुले काटेर खान पाउनु पर्छ । तर खानेहरुले पनि अर्कालाई अप्ठ्यारो पर्ने गरी काट्नु भएन । हरेकले अर्काको इज्जत गर्न सकियो भने समाज मिलेरै बस्नेछ जसरी सदियौ देखि बस्दै थियो ।

दूध खाने र मुत खाने भन्दै खस आर्यलाई हेप्ने अनि गाई खाने भन्दै जनजाति लाई हेप्न थालियो भने सोच्नुस् त देश कहाँ पुग्ला ? दूध पौष्टिकताको लागी खाईन्छ भने मुत स्वास्थ्यका लागी । विकासको चरम शिषरमा पुगेको चीनमा समेत गौ-मूत्रलाई स्वास्थ्यमा जोडेर हेरिन्छ । पौराणिक कालमा ऋषिमुनिहरुले कुनै पनि रोग सँग लड्न सक्ने अमृतकै रूपमा गौ-मूत्रलाई प्रयोगमा ल्याएका हुन । धर्म सँग जोडिएकाले यो पञ्चामृत भयो । गौ-मूत्र नियमित सेवनले अमृतकै काम गर्छ , विज्ञानले मानिसकेको कुरा हो ।

त्यसैले दूध खानेहरु दूध खाऊ , मुतखाने हरू मुत खाऊ । मासु खानेहरु मासु खाऊ तर धार्मिक सहिष्णुता भुलेर समाज भाडने काम नगरौँ । म दूध र मुत खाएर हुर्केका हु , मासु खान सक्दिन , तिमी मासु खाएर हुर्केको मासु खाऊ । तर डिस्टब नगर । नीति नियम बन्न जरुरी छैन ।