'गगन थापाले बनाएको स्वास्थ्य बीमा विद्ययक २०७४ संसदबाट पारित' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘गगन थापाले बनाएको स्वास्थ्य बीमा विद्ययक २०७४ संसदबाट पारित’



हिमाल पोस्ट /काठमाडौं ,२४ 

सवै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्था सहितको स्वास्थ्य बीमा विद्ययक २०७४ आज संसदबाट पारित भएको छ ।
तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गर्नु भएको विद्ययक आज पारित भएको हो ।

एमालेको अवरोधका कारण तत्कालिन मन्त्री थापाले संसदमा पेस गर्न नपाएको विद्ययक केही हप्ता अगाडी स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलले पेश गर्नुभएको थियो । उहाँले विद्ययक बनाउन सहयोग गर्ने सवैलाई धन्यबाद दिदै सांसदहरुले दिएको सुझावलाइ समेट्दै लैजाने आश्वासन दिनुभयो ।
संसदले पास गरेको ऐन राष्ट्रपतिले लालमोहर लगाएपछि कार्यान्वयनमा आउने छ ।
‘स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ लाई अन्तिम रुप दिन तत्कालिन मन्त्री थापाले निकै धेरै महनेत गर्नुभएको थियो ।पुर्वमन्त्री थापाले आफुले सवै भन्दा धेरै प्राथमिकतामा राखेको विषय भएकाले बीमा ऐन पारित भएकोमा ठुलो आत्मसन्तुष्टी भएको बताउनु भएको छ ।

विद्ययक माथी संसदमा भएको छलफलमा बोल्दै उहाँले स्वास्थ्य विमा ऐन कार्यान्वयन भएपछि आर्थिक अभावकै कारण कसैले स्वास्थ्य सेवाबाट बन्चीत हुन नपर्ने बताउनु भयो ।आयका आधारमा प्रिमियरको योगदान गर्ने र तिर्न नसक्नेको सरकारले तिरिदिने व्यवस्था भएकाले स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुग्ने उहाँको भनाई छ ।तर ऐन बनाएर मात्रै नहुने भएकाले ऐनको कार्यान्वयन अवको चुनौतीको सांसद थापाले बताउनु भयो ।

औषधी सस्तो बनाउनु पर्ने तर्फ ध्यानाकर्ष गराउदै उहाँले औषधी सस्तो गराउन नसकिए विमा ऐन लागु भएपनि नागरिकले राहत महशुषगर्न नसक्ने बताउनु भयो ।पुर्वस्वास्थ्य मन्त्री थापाले चार महिनामा आफुले तयार पारेको विद्ययक अहिले केही संशोधन सहित पारित भएपछि स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलव्धी भएको बताउनु भयो ।

उक्त विधेयकमा स्वास्थ्य बीमामा आवद्ध हुन प्रत्येक परिवारलाई इकाइका रुपमा मानिने र परिवारका सबै सदस्य स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुनु पर्ने व्यवस्था छ । बीमामा आवद्ध हुनका लागि निश्चित रकम (प्रिमियम) तिर्नुपर्ने हुन्छ। उक्त रकम पारिवारिक इकाइका आधारमा लिइने छ । तर, गरिबीको रेखामुनी रहेका र प्रिमियम तिर्न नसक्ने परिवारका हकमा सरकार आफैंले रकम तिरिदिने व्यवस्था राखिएको छ ।

प्रिमियमा रकम कति तिर्ने भन्ने विषयमा भने नियमावली बनाएर पछि स्पष्ट पारिने भएको छ । निशुल्क कार्यक्रमलाई पनि क्रमश बीमामा समावेश गर्दै जाने व्यवस्था पनि विधेयकमा राखिएको छ ।विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । यस्तै वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।रेडियो   एनआरएनबाट