गधा र कुकुरबीच विवाह - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गधा र कुकुरबीच विवाह



काठमाडाैं । प्रत्येक वर्ष जव भ्यालेनटाइनको दिन आउँछ तव केहीँ मानिसहरु खुलेर यसको समर्थन गर्छन् । तर केही मानिसहरुले भने यसको खुलेरै विरोध गर्छन । कतिपय मानिसले यसको गच्छे अनुसार आ–आफ्नै तरिकाले सेलिब्रेट गर्छन । भने केहीले भने गच्छे अनुसारकै विरोध पनि गर्छन ।

तर यस पटक भने भ्यालेनटाइनको दिन एउटा यस्तो अनौठा जानकारी बाहिर आयो जुन सुनेर सबै मानिसहरु अचम्भित भए । विरोधको यो तरिका यति आचाश्र्य जनक छ त्यति नै हाँसो उठ्दो पनि । किनकी केही मानिसहरुले भ्यालेनटाइनको विरोधमा एउटा गधा र कुकुरबीच विवाह गरि दिए ।

भ्यालेनटाइनको डे को दिन गधा र कुकुरको विवाह गर्ने अनौठा काम भारतको चेन्नईमा भएको थियो । भ्यालेनटाइनको विरोधमा यस्तो अनौठा कार्य भारतका हिन्दू फ्रन्ट नाम संगठनले गरेको थियो । उनीहरुका अनुसार यदि कसैलाई भ्यालेनटाइन मनाउने हक छ भने उनीहरुलाई आफ्नो संस्कृति बचाउने अधिकार पनि छ । भ्यालेनटाइनको विरोध गर्ने उनीहरुको यो अनौठा तरिका अहिले भाइरल बनेको छ । एजेन्सी