फ्रिज बिग्रदा रगत खेर गयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फ्रिज बिग्रदा रगत खेर गयो



लोकेन्द्र रावल / टीकापुर,कैलाली ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले संचालन गरेको रक्त संचार केन्द्रमा २२ पिण्ट रगत खेर गएको छ । केन्द्रमा रहेको एउटा मात्र फ्रिज बिग्रदा रगत खेर गएको हो ।

फ्रिज बिग्रेको दुई हप्ता भन्दा बढी भएको छ । ‘संकलन गरेको २२ पिण्ट रगत फ्रिजमा थियो , फ्रिज बिग्रेपछि रगत काम नलाग्ने भयो ,’ रेडक्रसका सदस्य एंब रक्त संचार केन्द्र संयोजक टेकराज बिनाडीले भन्नुभयो,‘फ्रिज बनाउने मान्छे पनि पाइएको छैन र बिग्रेपछि अर्काे बिकल्प पनि छैन ।’ उहाँले एउटा फ्रिजबाट मात्र सेवा दिइरहेको भन्दै अर्काे फ्रिज किन्नु पर्ने बाध्यता भएको बताउनुभयो ।

‘एउटा फ्रिजलाई करिब पाँच लाख रुपैयाँ पर्छ , उपशाखामा यत्रो बजेट छैन,दाता खोज्न थालेका छौ ,’ बिनाडीले भन्नुभयो,‘ रगत जस्तो महत्वपूर्ण कुरामा स्थानीय सरकार गम्भिर छैनन् । स्थानीय सरकारले चाहे फ्रिज सामान्य कुरा हो ।’ प्रिज बिग्रेपछि रगत संकलन गर्ने काम पनि बन्द भएको छ । रगत संकलन नहुँदा बिरामीले सास्ति बेहार्नुपरेको छ । फ्रिज बिग्रेपछि रक्त संचार केन्द्रले आस्कमिक सेवा मात्र दिँदै आएको छ ।

टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई केन्द्रले रगत आपुर्ति गर्दै आएको छ । सुत्केरी, बिभिन्न रोगको शल्यकृया र रक्तअल्पताका बिरामी लाई रगतको आवश्यक्ता पर्छ । केन्द्रले रगत आपुर्तिमा सहज होस् भनेर २४ सै घण्टा रगत उपलव्ध गराउँदै आएको छ ।

रगतका कारण बिरामीको मृत्यु नहोस् भनेर करिब १३ बर्ष अघि आकस्मीक रक्त संचार केन्द्रले सेवा दिन थालेको हो । रेडक्रसले बिभिन्न संघ संस्था मार्फत रक्तदान कार्यक्रम आयोजना गर्न लगाएर रगत संकलन गर्ने गरेको छ । अझै पनि रगत दान गर्नुपर्छ भन्ने भावना जाग्न सेकको छैन । केन्द्रले बार्षिक ८ सय पिण्ट रगत उपलव्ध गराउँदै आएको छ ।

नेपाल रेडक्रस टीकापुर उपशाखा ले टीकापुर नगरपालिका र यस क्षेत्रका गाउँपालिकाको सहयोगमा निशुल्क रगत उपलव्ध गराउने योजना ल्याएको छ । ‘निशुल्क रगत उपलव्ध गराउन, टीकापुर, लम्की–चुहा र भजनी नगरपालिका , जानकी र जोशीपुर गाउँपालिकामा आर्थिक सहयोग मागेका छौ,’ उपशाखाका सभापति जगदिश्वर पण्डितले भन्नुभयो,‘रगत निशुल्क उपलव्ध गराउने सवालमा स्थानीय निकाय जिम्मेवार हुनुपर्छ भन्ने हो ।’
उहाँले निशुल्क रगत उपल्वध गराउने अभियानमा हरेक नागरिक सहयोगी हुनुपर्छ भन्दै मानवीय सम्बेदनशिलता महत्वपूर्ण पाटो हो भन्नुभयो ।