डा. केसीलाई सर्वोच्च अदालतमा पुर्‍याइयो, माइतिघरमा विरोध प्रदर्शन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा. केसीलाई सर्वोच्च अदालतमा पुर्‍याइयो, माइतिघरमा विरोध प्रदर्शन



काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा पुर्‍याइएको छ । केसीलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो ।
डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
डा. केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत सहभागी छन् ।

अदालतको आदेशलगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।