ओलीसँग सत्तामा किन जाँदैन फोरम ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ओलीसँग सत्तामा किन जाँदैन फोरम ?



अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।

उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामपछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो ।

उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी ताजा जानदेशको सम्मानका लागि पनि संविधान संशोधनमा जानुहोस् । संशोधनले देशका अनेकौं ‘डेडलक’ले निकास पाउने छन् । यसको एउटा प्रत्यक्ष उदाहरण अहिले अवरुद्ध राष्ट्रियसभा निर्वाचन अध्यादेश नै पर्याप्त छ ।’