वडा स्तरीय फूटसल प्रतियोगिता शुरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वडा स्तरीय फूटसल प्रतियोगिता शुरु



बुटवल: नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बुटवल नगर समितिले तरुण एकता र उत्साहकालागि भन्दै वडा स्तरीय फूटसल प्रतियोगिता शुरु गरेको छ ।
फटसल स्थल योगिकुटीमा आयोजिक एक समारोहकाविच प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका नगरसभापती खेलराज पाण्डेले युवा र खेलकुद एक अर्काका परिपुरक भएको भन्दै श्रृजनशिल कार्य गर्ने तरुण युवाहरुका लागि नेपाली कांग्रेसले सदैव सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल तरुण दलका पुर्व केन्द्रिय सचिव चिरञ्जीवि जोशीले तरुण दलले गरेको यो कार्य निकै प्रशंशनिय रहेको भन्दै आगामी दिनमा अझै यस्ता खालका रचनात्मक कार्य गर्न आग्रह गरे । तरुण दलका नगरसभापती सुजन पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटवल संघका अध्यक्ष कुमार केसी, पुर्व अध्यक्ष हरि कुमार श्रेष्ठ, महाधिवशेन प्रतिनिधि वालकुमारी भण्डारी, तरुण दलका जिल्ला अध्यक्ष सोम थापा, प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्का, कृष्ण न्यौपाने,हरि क्षेत्री लगायतले बोलेका थिए । सोमबारसम्म हुने प्रतियोगितामा १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा प्रत्येक वडा र आयोजक नगर समिति गरि २० टिम सहभागि रहने छ ।

प्रतियोगिताका विजयी टिमलाई २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई प्रोत्साहन स्वरुप १० हजार रुपैंया नगर पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा बचेको रकमबाट २० प्रतिशत र विजयी टिमले आफ्नो पुरस्कारबाट १० प्रतिशत संकलन गरि जाडोमा बृद्धबृद्धालाई कम्बल वितरण गरिने बताईएको छ । त्यसका लागि सहयोग वम्सहरु पनि कार्यक्रम स्थलमा राखिएको छ । सोही अवसरमा बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा नेपाली काँग्रेसलाइृ विजयी बनाउन सफल तरुण दलका वडा अध्यक्षहरुलाई सम्मान गरिएको छ ।